MENU

राजनीति

Ncell Axiata
sagun

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले टोपबहादुर रायमाझीलाई भोट नदिने

अर्घाखाँची, कात्तिक २८ – राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रतिनिधिसभामा उम्मेदवारी फिर्ता गरे पनि वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका टोपबहादुर रायमाझीलाई भोट नदिने बताएको छ । 

आफ्नो चुनावी कार्यक्रम तथा प्रतिबद्धतापत्र  सार्वजनिक गर्दै राष्ट्रिय जनमोर्चाले केन्द्रीय सहमति अनुसार प्रतिनिधिसभामा उम्मेदवार बनेका शेरबहादुर विवसीको उम्मेदवारी फिर्ता लिएको तर भोट कसलाई दिने भन्ने विषयमा छलफल नभएको बताएको हो ।

अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर एकका उम्मेदवार सागर केसी र क्षेत्र नम्बर दुईका उम्मेदवार झबिलाल थापाले प्रदेसशभाको उम्मेदवारका लागि आफूहरु लागि परेको तर प्रतिनिधिसभाका लागि आफूहरु फलानोलाई भोट दिनुहोस् भनेर नभनेको बताउनुभएको छ ।

एमाले र माओवादीले टोपबहादुर रायमाझीलाई राष्ट्रिय जनमोर्चाले भोट दिँदैछ भनेर भ्रम सृजना गरेको राष्ट्रिय जनमोर्चाका नेताहरुको भनाई रहेको छ  । देशमा गणतान्त्रिक संविधान आए पनि शान्ति र समृद्धिको महसुस नागरिक गर्न नपाएको उनीहरुको भनाई छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया