MENU

समाज

Ncell Axiata
sagun

डेंगु परीक्षण गर्दा धेरै शुल्क लिनेलाई कडा कारवाही गर्न स्वास्थ्य मन्त्री बोहोराको निर्देशन

रुपन्देही, कात्तिक २८ – स्वास्थ्य मन्त्री दिपक बोहोराले डेंगु परीक्षण गर्दा धेरै शुल्क लिने स्वास्थ्य संस्थालाई कडा कारवाही हुने चेतावनी दिनुभएको छ । 

उहाँले धेरै शुल्क लिएका र लिने स्वास्थ्य संस्थालाई तत्काल कारवाही गर्न जनस्वास्थ्यका क्षेत्रीय निर्देशक र जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुखलाई निर्देशन दिनुभएको हो ।

प्रतिनिधिसभाका लागि रुपन्देहीको क्षेत्र नं ३ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बन्नुभएका बोहोराले लुम्विनी अञ्चल अस्पताल बुटवलको निरीक्षण गर्दै डेंगुका बिरामीको उपचारमा सजगता अपनाउन आग्रह गर्नुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार अहिलेसम्म रुपन्देहीमा ६३५ जनामा डेंगुको संक्रमण भएको छ । ति मध्ये दुईजनाको ज्यान गएको छ । लुम्विनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार अञ्चल अस्पतालमा मात्रै ३२ जना डेंगुका बिरामीको उपचार भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया