MENU

राजनीति

Ncell Axiata
sagun

वैशाखी टेकेर सांसद हुने भोलाको जोश

सन्तोष थापा/उज्यालो । 

पर्वत, कात्तिक २८ – भोलानाथ शर्मा, पेशाले कानुन व्यवसायी । उहाँलाई राजनीतिकर्मी भन्दा कानुन व्यवसायीको रुपमा धेरैले चिन्छन् । पछिल्लो समयमा धौलागिरीको कानुन व्यवसायको क्षेत्रमा लिनै पर्ने नाममध्ये उहाँको पनि एक हो । उहाँ नेपाल सरकारले वर्गिकरण गरेको ‘ख’ वर्गको अपागंता भएको व्यक्ति पनि हो । तर अपागंता भए पनि उहाँमा अहिले संसदमा पुग्ने जोश, जाँगर छ । 

४६ वर्ष अगाडि पर्वतको चुवामा जन्मनु भएका शर्मा नेकपा एमलेको तर्फबाट प्रदेश नम्बर ४ अन्तर्गत प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेदवार हुनुहुन्छ । यस अघिका चुनावमा पनि नेकपा एमालेकै तर्फबाट पटक पटक समानुपातिकको सूचिमा सिफारिश भए पनि अन्तिम अवस्थामा नाम काटिँदै आएका भोलानाथ शर्मा अहिले भने आफ्नो व्यवसायलाई पन्छाउँदै वैशाखी टेक्दै मतदाताको घरदैलो धाउन थाल्नुभएको छ । 

नेपाल पत्रकार महासंघ पर्वतको संस्थापक अध्यक्ष रहनुभएका शर्मा, बार इकाइ पर्वतका वर्तमान अध्यक्ष समेत हुनुहुन्छ । 

‘पत्रकारिता र कानुन व्यवसायमा रहँदा पार्टीको पक्षमा हिँडिन, हिँड्नु पनि हुँदैनथ्यो’ उहाँले भन्नुभयो ‘त्यही कारणले म पछि परेको हुँ अब मेरो रेल छुट्यो ।’ उहाँले पर्वतबाट नै न्यू कालीगण्डकी दैनिक र अभिमत साप्ताहिक प्रकाशित गर्दै आउनुभएको छ । 

कानुनमा समेत अपाङ्गता भएका सक्षम व्यक्तिलाई स्थान दिने प्रावधान भएकाले आफ्नो बलियो दाबी रहेको उहाँले बताउनुभयो । २५ वर्ष भन्दा बढी कानुन व्यवसाय र पत्रकारिता क्षेत्रमा सक्रिय रहनु भएका शर्मा प्रदेशसभा अन्तर्गत समानुपातिक सूचिमा खस आर्यबाट सिफारिसमा हुनुभएको हो । ‘लामो समय वैशाखीकै भरमा अदालत धाएँ, समाचार संकलनमा विभिन्न सभा, समारोह र कार्यक्रममा धाएँ’ उहाँले भन्नुभयो ‘अब मैले यही वैशाखी टेकेरै संसद चढ्ने अठोट लिएको छु ।’ 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया