MENU

राजनीति

Ncell Axiata
sagun

शेरधन राई चढेको गाडीमा बम प्रहार

भोजपुर, कात्तिक २८ – भोजपुर क्षेत्र नं.२ मा वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेका छन् ।

भोजपुरको ट्याम्केमैयु गाउँपालिका–७ को दलगाउँ र कोटको बिचको पिखुवा खोलमा १४/१५ जनाको समूहले गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बम प्रहारबाट ल्यान्ड रोभर गाडीमा क्षति भएको छ । उम्मेदवार राई भने सकुशल हुनुहुन्छ। अहिले त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

सुरक्षामा खटिएका असईले बम प्रहार गर्नेमाथि २१ राउन्ड गोली प्रहार गरेका छन् । प्रहरीले उनको हातमा चोट लागेको बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया