MENU

राजनीति

Ncell Axiata
sagun

वाम गठबन्धनले सुरुमा होच्यायो, अहिले सहयोग माग्दैछ : चित्रबहादुर केसी

दाङ, कात्तिक २८ – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले वाम गठबन्धन बनाउने बेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफूहरुलाई होच्याएको तर अहिले सहयोग मागिरहेको बताउनुभएको छ ।

दाङको घोराहीमा प्रगतिशील पत्रकार संघले मंगलबार बिहान गरेको कार्यक्रममा उहाँले वाम गठबन्धनले अहिले सहयोग मागे पनि आफूहरुले अब सहयोग गर्न नसक्ने बताएको जानकारी दिनुभयो ।

यस्तै नेता केसीले अहिलेको चुनाव गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्ने चुनाव भएकाले दलहरुबिच अस्वस्थ प्रतिस्पर्धा आवश्यक नरहेको बताउनुभएको छ ।

चुनावमा दलहरुबिच प्रतिस्पर्धा हुनु स्वभाविक भएको भन्दै उहाँले नियम कानुन तथा आचार संहिता उल्लंघन गर्न नहुने बताउनुभएको हो ।

निर्वाचन आयोगले आचार संहिता कार्यान्वयन गराउन नसकी दलहरुको छायामा परेको भन्दै केसीले सरकार आफैले पनि रकम वितरण गर्ने गरी कार्यक्रम घोषणा गरेर आचार संहिता उल्लंघन गरिरहेको दाबी गर्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया