MENU

अर्थ

Ncell Axiata
sagun

सगरमाथा इन्सुरेन्सको शेयर इन्साइडर ट्रेडिङ भएको आशंका

काठमाडौं, कात्तिक २८ – सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेडको शेयरमा इन्साइडर ट्रेडिङ भएको आशंका गरिएको छ । सगरमाथाले कुनै बोनस नदिने निर्णय गर्नु अघि नै त्यसको सुइँको पाएर उसको साढे ८७ लाख रुपैयाँ बराबरको शेयर एउटै दलालमार्फत बिक्री भएको पाइएको छ ।

सगरमाथा इन्सुरेन्सको सोमबार दिउँसो ३ बजे बसेको बोर्ड बैठकले गत वर्षको आम्दानीबाट लगानीकर्तालाई कुनै पनि बोनस नदिने निर्णय गरेको थियो । तर यो निर्णय गर्नुअघि सोमबार नै दलाल नम्बर १ कुमारी सेक्युरिटिजमार्फत सगरमाथाको इन्सुरेन्सको ५ हजार ६ सय ८६ कित्ता शेयर ८७ लाख ४९ हजार २ सय ११ रुपैयाँमा बिक्री भएको थियो ।

समग्र बजार बढेको भए पनि सगरमाथाले बोनस नदिने सूचना पाएर हिजो १ नम्बर दलालमार्फत सगरमाथा इन्सुरेन्सको शेयर १५ सय २५ रुपैयाँसम्ममा बिक्री भएको थियो । आइतबार १५ सय ८६ मा किनबेच भएको सगरमाथा इन्सुरेन्सको शेयर बजार बढेको बेलामा पनि सोमबार १५ सय २५ रुपैयाँ सम्ममा पाएपछि सर्वसाधारण लगानीकर्ताले किनेका थिए । १ नम्बर दलालले सगरमाथाको शेयरको बेच्न छाडेपछि बजार बन्द हुने बेलामा उसको शेयरको भाउ बढेको थियो र आइतबारको तुलनामा ४ रुपैयाँ बढेर १५ सय ९० मा बन्द भएको थियो । 

नेप्सेको वेवसाइटमा मंगलबार सगरमाथा इन्सुरेन्सले कुनै बोनस नदिने सूचना निकालेपछि मंगलबार यो समाचार तयारपार्दासम्म सगरमाथाको शेयर प्रतिकित्ता १ सय १० रुपैयाँ घटेर १४ सय ८० पुगेको छ । सोमबार घटेकै दाम १५ सय २५ मा शेयर किन्नेहरुले पनि प्रतिकित्ता ४५ रुपैयाँ गुमाइसकेका छन् ।

सगरथामा इन्सुरेन्सको सञ्चालक समितिमा रहेका व्यक्तिले बोनस नदिने अग्रिम सूचना चुहाएका कारण त्यो सूचना पाउने व्यक्तिले सोमबार नोक्सान कम गर्न खरिदकर्ताले चाहेकै दरमा शेयर बेचेका थिए । सोमबार उनले त्यो शेयर नबेचेको भए मंगलबार थप घाटा खानु पर्ने थियो । 

सगरमाथा इन्सुरेन्सको शेयरमा इन्साइडर ट्रेडिङ भए नभएको बारेमा आफूहरुले छानविन गर्ने नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो । ‘इन्साइडर भएको गुनासो हामीले सुन्यौं’ गिरीले उज्यालो अनलाइनसँग भन्नुभयो ‘भएको हो होइन, छानविन गर्छौ र हो रहेछ भने दोषिलाई कारवाही पनि गर्छौ ।’

कम्पनीको गोप्य सूचना चुहाएर चलखेल गर्नुलाई अपराध मानिन्छ । यति लगानीकर्ताले चलखेल गरेको पाइएमा बिगोबमोजिम जरिवानसमेत हुने बार्डले जनाएको छ । दलाल कम्पनीले नै चलखेल गरेको बेलामा उसको लाइसेन्ससमेत रद्द गर्न सक्ने अधिकार बोर्डलाई छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया