MENU

खेल

Ncell Axiata
sagun

यु–१९ एसिया कप क्रिकेट : नेपालद्वारा मलेसिया ४५ रनमै अलआउट

काठमाडौं, कात्तिक २८ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मलेसियासँगको खेलमा नेपालले राम्रो प्रदर्शन गरेको छ । पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले १५ ओभर ३ बलमा मात्रै ४५ रन बनाउँदा अल आउट गर्‍यो ।

मलेसियालाई कम रनमा आउट गराउने क्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र बाहब आलमले समान दुई दुई विकेट लिए ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन बनाएको हो । उसका लागि सइद अजिज सइद मुबारकले २० तथा विरनदीप जगजित सिंहले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका ६ ब्याट्सम्यानले रन नै बनाउन सकेनन् । 

यस अघि आइतबार भारतलाई हराएको नेपाललाई सेमिफाइनलमा पुग्न योको खेलमा मलेसियालाई फराकिलो अन्तरले हराउनुु पर्नेछ । भारत र बंगलादेशबिचको खेलको परिणामले पनि नेपालको सेमिफाइनलमा पुग्ने भाग्य निर्धारण गर्नेछ ।

यो खेलमा बंगलादेश विजयी भएको खण्डमा नेपाललाई सहज हुनेछ । भारत विजयी भएको खण्डमा तीन टोलीको समान ४–४ अंक हुनेछ । यस्तोमा नेट रन रेटको आधारमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

  • २० मिनेटमा ५ गोल

    युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको थियो ।

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया