MENU

विचार/अनुभूति

Ncell Axiata
sagun

तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

डा.अलर्क देवकोटा रजौरिया 

रगतमा ग्लुकोजको मात्रा धेरै देखिएपछिको अवस्था मधुमेह हो । शरीरमा इन्सुलिन उत्पादनमा घटबढ भयो अथवा उत्पादन नै भएन भने मधुमेह हुन्छ । यो दीर्घरोग हो । 
प्रकार
टाइप १ – उमेर २० वर्षभन्दा कम भएका व्याक्तिलाई देखापर्ने मधुमेह यस्तो मधुमेह हो । 
टाइप २ – ९० प्रतिशत मानिसलाई टाइप टु मधुमेह लाग्छ । यो मधुमेह मोटोपन अल्छीपनको कारणले लाग्छ । प्रायः उमेर बढ्दै गएपछि मधुमेह देखिन्छ ।

चिनी रोगीले चिनी किन खान हुँदैन ?
मधुमेह रोग चिनी खाएर हुँदैन । तर जब मधुमेह हुन्छ, तब चिनी खानु हुँदैन । चिनी ग्लुकोजसँग सम्बन्धित हुन्छ र चिनीले रगतमा ग्लुकोजको मात्रा धेरै बनाउने भएकोले चिनी खान हुँदैन  भनिएको हो ।
तर बिरामीले चिनी मात्र बारेर हुँदैन । चिनी सँगै मैदा अनिवार्य बार्नुपर्छ ।

मधुमेहका बिरामी बढ्दै

मधुमेहले जाति, उमेर भन्दैन । खानपान र शारीरिक व्यायामसँग सम्बन्धित रोग भएकोले यस्ता कुरामा लापरबाही गर्ने बित्तिकै यो रोगले समात्छ । पहिला शहरमा मधुमेहको बिरामी धेरै भेटिन्थे । तर हिजोआज गाउँगाउँमा पनि मधुमेहको बिरामी बढ्न थालेका छन् । गाउँमा विकासले जीवनशैलीमा परिवर्तन आउँछ । घरको खानाको सट्टामा बजारमा पाइने तयारी खाना खाँदा यो रोग धेरै बढेका हुन् ।

हिजोआज मानिस हिँड्न छाडे । विकासले जहाँतहाँ बाटो खुल्दा हिँडेर जाने ठाउँमा सवारी साधन प्रयोग हुन थाले । डेरीमा जाँदा क्यान र मान्छेलाई मोटरसाइकलले लैजान्छ । बसको प्रयोग हुन्छ । गाउँ गाउँमा चाउमिन, चाउचाउ, आलु चिप्स, तारेका खानेकुरा पुगे जसलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिदैन । गाउँमा विकास सँगै मधुमेह पुग्यो ।

रगतमा चिनीको मात्रा कति हुनुपर्छ ?

– रगतमा ग्लुकोजको मात्रा सामान्य हुन फास्टिङ् अर्थात् खाली पेट भएको ८ घण्टामा नापिन्छ, यो १०० भन्दा कम हुनुपर्छ । 
– खाना खाएपछिको समयमा अर्थात पिपि जसलाई खानाको पहिलो गाँस मुखमा परेको २ घण्टामा मापन गरीन्छ, यो १ सय ४० भन्दा कम हुनुपर्छ ।
– तर जसको मधुमेहको मात्रा खाना अघि १०० देखि १२६ मा छ र खाना पछि १४० देखि २०० छ भने ती मानिस भविष्यमा मधुमेहको बिरामी हुन सक्छन् । यस्ता व्यक्तिहरुले बेलैमा खाना र व्यायाममा विचार पु¥याउनुपर्छ ।

लक्षण

पचास प्रतिशत मधुमेहका बिरामीलाई मधुमेहको कुनै पनि लक्षण देखा पर्दैन । रगतको सामान्य परीक्षण गर्दा मात्र देखिन्छ । सबैमा एउटै लक्षण पनि देखिदैन ।
– तौल घट्ने
– मुख सुख्खा हुने
– घाउ लाग्ने र निको नहुने 
– थकान हुने, काम गर्ने जाँगर मर्ने
– यौन जीवनमा असन्तुष्टी हुने

महिलामा मधुमेह

सन् १९९१ देखि अन्तर्राष्ट्रिय मधुमेह संघले विश्व स्वास्थ्य संगठनसँग मिलेर मधुमेहको बारेमा जनचेतना फैलाउन मधुमेह दिवस मनाउने निर्णय गरेको थियो र संयुक्त राष्ट्रसंघले सन् २००६ देखि मधुमेह दिवस मनाउन थालेको हो । 

अन्तर्राष्ट्रिय मधुमेह संघले यो वर्षको नारा मधुमेह र महिला स्वास्थ्य भन्ने राखेको छ । संघका अनुसार हरेक १० महिलामध्ये एकजना महिलामा मधुमेह छ । महिलालाई हुने मधुमेहको तथ्यहरु यस्ता छन् :
– नौजना गर्भवती महिलामध्ये १ जनामा गर्भाअवस्थामा देखिने मधुमेह (जीडिएम) हुन्छ, जो सुत्केरी भएपछि आफै निको हुन्छ । 
– योनी चिलाउने, पटक पटक पिसाबको संक्रमण हुने हुन्छ लक्षण देखा पर्छन् ।
– यसले गर्भ रहन गाह्रो हुने, गर्भावस्थामा, सुत्केरी गराउन समस्या, बच्चामा अपाङ्गता हुन सक्छ । 
– पहिलादेखि मधुमेह भईरहेको महिलामा गर्भाअवस्थामा मधुमेहको मात्रा झन् धेरै बढ्छ ।
– जीडिएम देखिएको महिलाले सुत्केरी भइसकेपछि ढुक्क हुनुहुँदैन, दुईवर्ष पछि फेरि फर्कन सक्छ ।

के के समस्या आउँछन् ?

समस्या दुई प्रकारका हुन्छन् – एक्युट र क्रोनिक । 
एक्युट – औषधि खाइरहँदा एक्कासी ग्लुकोजको मात्रा कम भएर बेहोस भएर लड्नु,
क्रोनिक – रोग लागेपछि शरीरका धेरै अंगहरुमा प्रभाव पार्छ । मृगौला, खुट्टाका नसा, गिदी, आँखामा समस्या देखा पर्छ । 
पहिलो पटक सुगर लागेको छ भन्दा बिरामी आत्तिने गर्छन् । मानसिक समस्या देखा पर्छ ।

के नगर्ने ?

सूर्तिजन्य पदार्थ सेवन निषेध गर्नुपर्छ । सूर्तिजन्य पदार्थले मधुमेहको क्रोनिक समस्यालाई छिटो बढ्न सहयोग गर्छ ।
तारेको खाना नखाने
मैदा प्रयोग भएको खाना नखाने 

के गर्ने ?

– ३० मिनेटदेखि ४५ मिनेटसम्म व्यायाम गर्नुपर्छ । मर्निङवाक जाँदैमा, हिँड्दैमा व्यायाम हुन्न । स्वास फुल्ने गरी, खलखल पसिना आउने गरी व्यायाम गर्नुपर्छ । 
– रगतमा चिनीको मात्रा नियन्त्रण गर्नतर्फ मात्र लाग्ने मात्र होइन, वर्षको एकपटक सम्पूर्ण शरीर जाँच गर्नुपर्छ ।
– सन्तुलित खाना खानुपर्छ ।

– मधुमेहको बिरामीले स्वस्थ्य व्यक्तिले जस्तै खाना खान सक्छन्, छुट्टै खाना खुवाउनु पर्दैन । छुट्टै खाना बनाउँदा खाना बनाउनेलाई र मधुमेहको बिरामी दुबैलाई मानसिक तनाब हुनसक्छ । खानाको मात्रा भने मिलाउनुपर्छ – खानाको आधा भाग साग, चौथाई भाग खाना र बाँकी एकभाग दही दाल पिउनुपर्छ । पेटभरी खानुहुँदैन, सब्जी सलादको मात्रा धेरै खानुपर्छ । अझ आफ्नो हत्केलालाई बित्ता बनाउने र बित्तालाई गोलो बनाउँदा आकार आउने प्लेटमा खाँदा राम्रो । 
– इन्सुलिनको औषधी प्रयोग गर्ने बिरामीले साथमा चकलेट बोकेर हिँड्नुपर्छ ।

छुटाउनै नहुने काम

– वर्षमा एक ल्ट आँखाको जाँच गर्ने
– खुट्टाको जाँच गर्ने
– पिसाबको जाँच गर्ने
– मृगौलाको जाँच गर्ने

(नेपाल डायबिटिज थाइराइड, इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टर नयाँ बानेश्वरका निर्देशक तथा विर अस्पतालका मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर अलर्क देवकोटा रजौरियासँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

  • कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

    घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

  • बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

    देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ ।

  • घर कुन दिशामा फर्केको राम्रो ?

    वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ ।

  • मंसिरमा चुनाव छ रे हो ? १५ सालदेखि भोट हालेँ खै के र !

    त्यतिबेलाका नेता पनि अरुलाई कल्याण गर्ने भन्दा पनि आफ्नै दुनो सोझ्याउने खालका थिए । आफ्नै लागि मात्रै सम्पत्ति जोरौं भन्ने खालका थिए । मैले त ‘प्रधानपञ्च, केटाकेटी बुढाबुढीको सप्पै खाउ भन्छ’ भन्ने गीत नै बनाएको थिएँ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया