MENU

साहित्य/ कला

Ncell Axiata
sagun

लालबाबु पण्डितको ‘सिहंदरबार बदल्ने संघर्ष’

काठमाडौं, कात्तिक २८ – पहिलोपटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिनेछ ।  उहाँको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ मंगलबारदेखि बजारमा सार्वजनिक भएको छ ।

लालबाबु पण्डित नेकपा एमालेका नेता हुनुहुन्छ । उहाँ भूमिगतकालदेखि नै एमालेसँग आवद्ध रहँदै आउनुभएको छ । तर, केहि वर्षअघि मात्र पहिलोपटक मन्त्री हुनासाथ उहाँ दुईवटा कुराले एकाएक चर्चाका पात्र बन्नुभयो ।

पहिलो थियो ग्रीनकार्ड र पिआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने घोषणा । यसले विशेष गरि डिभीलगायत माध्यमबाट विदेशी मुलुकको स्थायी बसोबासका निस्सा पनि लिने र नेपाल सरकारका उच्च ओहदामा पनि बसिरहने थुप्रै कर्मचारीलाई प्रभावित पारेको थियो । त्यतिबेला धेरैले दोहोरो नागरिकता परित्याग गरे भने केहिले विदेशकै बसोबास रोज्दै उच्च सरकारी ओहोदा परित्याग गरे । यसले ठूलो बहस पनि निम्त्याएको थियो । त्यसैले हत्तपत्त चर्चामा नआउने सामान्य प्रशासन मन्त्रालय सम्हालेका मन्त्री भइसकेपछि पनि लालबाबु त्यतिबेलाको मन्त्रीपरिषदकै सर्वाधिक चर्चित पात्र बन्न पुग्नुभएको थियो । 

नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्र बन्नका निम्ति लालबाबुलाई उनको अर्को कदमले पनि सघाएको थियो । त्यो हो, मुलुक कठिन राजनीतिक मोडबाट गुजिएको बेला मधेस र मधेसीलाई हेर्ने तत्कालीन मन्त्री लालबाबु पण्डितका दृष्टिकोण । पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिको मूलधारमा आएका पण्डितले त्यतिबेला लिएका अडान र व्यक्त गरेका विचारहरु मधेशकै अर्का घेराले उठाइरहेको आवाजसँग बाझिन पुगेको थियो । विभाजनको राजनीति चर्किरहेको बेलामा लालबाबुले समूदायहरुलाई जोड्ने सेतू बन्ने प्रयास गरेका थिए । पण्डितका तत्कालीन भनाइहरुले उनलाई चर्चाको केन्द्रमा ल्याइदिएको थियो ।

यो बाहेक सरल व्यक्तित्व र सामान्य जीवनशैलीमा रमाउने लालबाबु पण्डितको रंग–ढंगले पनि धेरैलाई आकर्षित गरिदियो । साइकल वा ट्याम्पुमा यात्रा गर्ने यी व्यक्तिका बारेमा थप जिज्ञासा जनसाधारणमा पैदा भयो । 

लोकप्रिय नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाई र पारिवारिक जीवनसम्मका भोगाइहरु कथाजस्तै भेटिए । यी सबैले लालबाबुमा सम्झौताहिन स्वभाव र राजनीतिक संघर्षबाट खारिएर तयार भएको व्यक्तित्व अगाडि ल्याएको रहेछ ।

यसरी राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गरेका उनै लालबाबुका तिनै रोचक भोगाइहरु यस आत्मकथामा समेटिएको छ ।पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् । ‘पहिलोपटक मन्त्री बन्नेबित्तिकै जताततै भद्रगोल मात्र देख्न थालेँ’ पण्डित भन्नुहुन्छ ‘त्यति बेलै सबैभन्दा पहिले मैले आफूलाई बदल्ने संकल्पका साथ काम सुरु गरेको थिएँ ।’

पण्डित भन्नुहुन्छ, ‘यो पुस्तकमार्फत मैले आफू स्वयमलाई कसीमा राखेको छु’, पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु ।’

नेपालयले प्रकाशन गरेको पुस्तकको मूल्य ३२५ रुपैयाँ रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​वरिष्ठ साहित्यकार कविताराम श्रेष्ठको निधन

    काठमाडौं, मंसिर ३ – वरिष्ठ साहित्यकार डाक्टर कविताराम श्रेष्ठको निधन भएको छ ।

  • सहयात्रा (कथा)

    अचेलका केटाकेटीहरु कलेजको पर्खाल छिरेदेखि नै मायाप्रेमलाई विभिन्न कोणबाट अर्थ्याउन थाल्छन्, हावामा महल बनाउँछन् । जीवनमा आइलाग्ने अफ्ठेरोको पूर्वानुमान गर्नै सक्दैनन् । अचानक एकदिन नियतीले यथार्थबोध गराउछ र कल्पना बाहिरको परिवेश देखापर्छ अनि रन्थनिन्छन् ।

  • दाहाल यज्ञनिधिलाई गङ्गेश्वरी जागरण पुरस्कारबाट सम्मानित गरिँदै

    काठमाडौं, कात्तिक २७ – गङ्गेश्वरी जागरण पुरस्कार तथा सम्मानबाट वरिष्ठ साहित्यकार एवं सञ्चारकर्मी दाहाल यज्ञनिधिलाई सम्मान गरिने भएको छ ।

  • कविता-तँ लाटो नै रहे बेस

    हिजो तँ लाटो हुँदा सारा जग खुशी थिए कोही तँलाई विचरा भन्थे कोही मुख बटार्दै हिँड्थे तँलाई चिन्नेहरु

  • राष्ट्रिय एकल बाल नाटक महोत्सव सुरु

    काठमाडौं, कात्तिक २० – राष्ट्रिय एकल बाल नाटक महोत्सव काठमाडौंमा आजदेखि सुरु भएको छ । काठमाडौं प्रज्ञाकुञ्ज स्कूलको आयोजना तथा शिल्पी थिएटरको सहआयोजनामा शिल्पी थिएटर बत्तिसपुतलीमा महोत्सव सुरु भएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया