MENU

राजनीति

Ncell Axiata
sagun

ओलीलाई कांग्रेस नेता खाडले भने - विदेशी शक्तिबर्धक औषधी खाएर नबरबराउनुस्

रुपन्देही, कात्तिक २८ – नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाडले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशी शक्तिबर्धक औषधी खाएर नबरबराउन सुझाव दिनुभएको छ ।  

पाँच नम्बर प्रदेशस्तरीय मिडिया सेन्टरको मंगलबार बुटवलमा उद्घाटन गर्दै उहाँले एमाले अध्यक्ष ओलीको बर्बराहटसँगै नागरिकमा छरेका भ्रम नेपाल र नेपालीका लागि उल्टो पर्न जाने बताउनु भयो । उहाँले नेपाली नागरिकले अधिनायकवाद र निरंकुशतालाई सधैँ परास्त गरिरहेको बताउँदै नेपालमा कम्युनिष्ट अधिनायकवादको स्थापना गर्ने ओली–प्रचण्डको सपनालाई मंसिर १० र २१ गते हुने चुनावले चकनाचुर बनाउने दावी गर्नुभयो ।

चुनावपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले पाँच वर्षभित्र घर बास नभएका नागरिकलाई बासस्थान बनाई दिने उहाँले बताउनु भयो । कम्युनिष्ट गठबन्धन बनेपछि लोकतन्त्रमाथि ठूलो संकट आएको बताउँदै लोकतन्त्र जोगाउन र अधिनायकवादलाई परास्त पार्नका लागि एकदिनको खाजा खर्च कटाएर कांग्रेसलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री तथा रुपन्दही क्षेत्र नं ३ का उम्मेदवार दिपक बोहोराले नेपाली नागरिकले बनाएको लोकतान्त्रिक संविधानलाई उल्टाउन कम्युनिष्ट गठबन्धन बनेको बताउँदै लोकतान्त्रिक गठबन्धनको पक्षमा नागरिकले साथ दिने बताउनुभयो ।

विकासका लागि वाम होइन लोकतान्त्रिक शक्तिको जित अनिवार्य भएको भन्दै मन्त्री बोहोराले ओली र प्रचण्डले देशलाई पछाडि फर्काउन कोशिस गरिरहेको आरोप लगाउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया