MENU

राजनीति

Ncell Axiata
sagun

उम्मेदवारमाथि आक्रमणका घटना नदोहोरियोस – प्रधानमन्त्री

बाँके, कात्तिक २८ – प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भइरहेका आक्रमणका घटना दोहोरिन नदिनका लागि सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । 

‘यस क्षेत्रमा उम्मेदवारमाथि आक्रमण गर्दै चुनाव प्रचारमा दख्खल पु¥याउने कार्य कसरी भयो ?’ प्रधानमन्त्रीले मङगलबार नेपालगञ्जको सुरक्षा गोष्ठीमा सहभागी सुरक्षा प्रमुख र स्थानीय सुरक्षा प्रमुखहरुलाई निर्देशन दिँदै भन्नुभयो। ‘घटना नदोहोरियोस, यसलाई गम्भिरतापूर्वक लिनुहोस ।’

प्रधानमन्त्रीले स्वतन्त्र, निष्पक्ष र भयरहित चुनावका लागि सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको भन्दै चुनावमा खतरा पु¥याउने सम्भावित समूहका गतिविधि नियन्त्रण गर्न निर्देशन दिनुभयो । उहाँले उम्मेदवार र मतदाताको सुरक्षामा विषेश ध्यान दिन सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो ।  

नेपालको भूगोलको अवस्था, निर्वाचन आचारसंहिताको पालना नहुनु लगायतका कारणहरु चुनावका लागि चुनौती रहेको भन्दै देउवाले यसबाट चुनावमा प्रभाव पर्न नदिन सबै पक्षको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

गृहसचिव मोहनकृष्ण सापकोटाले उम्मेदवारहरुमाथी कुनै पनि खालको घटना हुन नदिनका लागि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए पनि बारम्बार घटना भइरहेको भन्दै जिल्लास्तरमा सुरक्षा योजनाको कार्यान्वयनमा कमजोरी रहेको बताउनुभयो ।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्त सुधिर शाह, नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका  बलाधिकृत रथी बलराम थापा, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मी लगायतको सहभागिता रहेको छ  ।

गृह मन्त्रालयका सहसचिव समेत रहनुभएका प्रवक्ता नारायण प्रसाद शर्माका अनुसार कार्यक्रममा साविक मध्यपश्चिमका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरुको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया