MENU

राजनीति

Ncell Axiata
sagun

दाङमा नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता पक्राउ

दाङ, कात्तिक २८ – नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बबई गाउँपालिका वडा नं. ५ का ३२ वर्षका निमबहादुर डागीलाई सोमबार राति पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका डागी नेकपाका राष्ट्रिय युवा जनस्वयंम सेवकको जिल्ला उपाध्यक्ष हुन् । रोल्पामा माओवादी नेता एवं प्रतिनिधि सभा उम्मेदवार बर्षमान पुन र रुकुममा माओवादी नेता एंव प्रतिनिधिसभा उम्मेदवार जर्नादन शर्मालाई लक्षित गरी बम बिष्फोट भएपछि दाङमा पनि सुरक्षा ब्यवस्था कडा पारिएको प्रहरीको भनाई छ ।

रोल्पा र रुकुममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम विस्फोट गराएको दावीसहित चुनाव सुरक्षाको लागि नेकपा कार्यकर्तामाथि दाङमा पनि प्रहरीले निगरानी बढाएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया