MENU

समाज

Ncell Axiata
sagun

गुल्मीमा डोजरले पल्टाएको ढुंगा लागेर एक जनाको मृत्यु

गुल्मी, कात्तिक २८– गुल्मीमा डोजरले पल्टाएको ढुंगा लागेर एक जनाको ज्यान गएको छ । मंगलबार बिहान रेसुङ्गा नगरपालिका वडा नं. ४ अर्खले बस्ने ३५ वर्षका रामबहादुर दर्लामीको भाडागाउँको मोटरबाटो खन्ने क्रममा डोजरले पल्टाएको ढुंगा लागेर ज्यान गएको हो । 

जिल्लामा एक महिनाको अन्तरालमा तीनवटा दुर्घटना भएका छन् । अर्खले नजिकै रैँदी भन्ने स्थानमा पनि केकुलेको मोटरबाटो खनेको ठाँउबाट खसेको ढुंगाले लागेर एक जनाको ज्यान गएको थियो । त्यस्तै मुसिकोट नगरपालिका वडा नं. ५ मा बाटो खन्ने क्रममा डोजरले पल्टाएको ढुंगा लागेर एक जनाको ज्यान गएको थियो । त्यस्तै जैसीथोक हाडहाडेमा पनि माथिबाट खसेको ढुंगाले लागेर एक जना वृद्व सख्त घाइते भएका थिए ।

जिल्लामा डोजरले पल्टाएको ढुंगाले मर्ने क्रम बढ्न थालेपछि प्रहरीको बिशेष निगरानी बढाइने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विबेदीले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया