MENU

खेल

Ncell Axiata
sagun

यु १९ एसिया कप क्रिकेट : नेपाल सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन भारत बाहिरियो

काठमाडौं, कात्तिक २८ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई साथै बंगलादेशले भारतलाई पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको छ । 

समूह ‘ए’ बाट नेपाल र बंगलादेश साथै समूह ‘बी’ बाट अफगानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता अफगानिस्तानसँग आउँदो शुक्रबार खेल्नेछ ।   

मंगलबार नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि नेपालले आइतबार भारतलाई पराजित गरेको थियो । मंगलबार बंगलादेशसँग ८ विकेटले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको छ । 

मंगलबार नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि नेपालले आइतबार भारतलाई पराजित गरेको थियो । मंगलबार बंगलादेशसँग पराजित भएपछि डिफेन्डिङ च्याम्यिन भारत समूह चरणबाटै बाहिरिएको छ । वर्षाले प्रभावित भएर ३२ ओभरमा झारिएको खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको भारतले ३२ ओभरमा ८ विकेट जाँदा १ सय ८७ रन बनाएको थियो । बंगलादेशको जितमा पिनाक घोसले ७७ बलमा ८१ रन, मोहम्मद ताउहिद हिदयोले ३२ बलमा ४८ रन साथै नइम शेखले ४४ बलमा ३८, मोहम्मद सइफ हसनले १६ बलमा १६ रन बनाए । 

मलेसियासँगको जितमा सन्दिप लामिछानेको भूमिका निकै ठूलो रह्यो । उनले खेलमा ४ ओभर ३ बलमा ८ रन खर्चेर ५ विकेट लिए । वर्षाले प्रभावित भएर २४ ओभरमा झारिएको खेलमा मलेसिया १५ ओभर ३ बलमा  अलआउट भयो । जसमा ४ ओभर ३ बल गरेका सन्दिप लामिछानेले मात्र ८ रन खर्चेर ५ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र शाहब आलमले समान दुई दुई विकेट लिए ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन बनाएको हो । उसका लागि सइद अजिज सइद मुबारकले २० तथा विरनदीप जगजित सिंहले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका ६ ब्याट्सम्यानले रन नै बनाउन सकेनन् । ४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा लक्ष्य पूरा गरेको हो । नेपालका आसिफ शेखले १४ बलमा ४ रन, दिपेन्द्र सिंह ऐरीले ३ बलमा १२ रन बनाए । यस्तै अनिल साहले १५ बलमा नटआउट रहँदै २६ रन बनाए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

  • चेल्सीको प्रभावशाली जित, पुग्यो अन्तिम १६ मा

    मंसिर ७ – इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’ मा रहेको चेल्सी समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा पुगेको हो ।

  • मेस्सी बेन्चमा, बार्सिलोनाले गोल गर्न सकेन

    मंसिर ७ – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो ।

  • अन्तिम मिनेट बन्यो घातक, म्यानचेस्टर युनाइटेड पराजित

    मंसिर ७ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ ।

  • मेस्सी अहिलेको पुस्ताका म्याराडोना–डिबाला

    मंसिर ६ – इटालियन सिरी ए क्लब युभेन्टसका स्टार खेलाडी पाउलो डिबालाले लियोनल मेस्सी अहिलेको पुस्ताको म्याराडोना रहेको बताएका छन् । डिबाला र मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सँगै खेल्छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया