MENU

राजनीति

Ncell Axiata
sagun

प्रचण्डले भने - म मदन भण्डारीको सपना पूरा गर्छु

चितवन, कात्तिक २८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको सपना पूरा गर्ने बताउनुभएको छ । स्वर्गीय मदन भण्डरीको शव प्राप्त भएको स्थान चितवनको गाजिपुर पुग्नुभएका अध्यक्ष प्रचण्डले जननेता मदन भण्डारीको स्मरण गर्दै मदनको सपना साकार हुने दिन आइसकेको बताउनुभयो । 

एमालेका तत्कालीन महासचिव भण्डारीको २०५० सालमा चितवनको दाशढुंगामा रहस्यमय तरिकाले जिप दुर्घटना भएपछि गाजिपुरमा उहाँको शव फेला परेको थियो । घटनाको २४ वर्षपछि प्रचण्ड चुनावी अभियान लिएर यस क्षेत्रमा पुग्नुभएको हो ।   

चुनावी सभा, घरदैलो तथा मतदाता भेटघाटका क्रममा गाजीपुरमा रहेको मदन स्मृति पार्कमा पुग्नुभएका अध्यक्ष प्रचण्डले मदन भण्डारीसँग उही बेलामा पार्टी एकता प्रयास भएको बताउँदै अब देशमा एउटै कम्युनिष्ट पार्टी बनाएर देश विकासगरी उहाँको सपना पूरा गर्ने बताउनुभयो । 

राजनीतिक लडाइ पूरा भएको बताउँदै उहाँले अबको बाटो तीब्र विकाससंगै समृद्धिमार्फत राष्ट्रिय पुजीको वृद्धी गर्नुपर्ने समय आएको बताउनुभयो । यसका लागि ५ वर्षे स्थिर सरकार अनिवार्य भएको बताउँदै त्यसका लागि वाम गठबन्धनका सम्पूर्ण उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले वाम गठबन्धनको मुख्य उद्देश्य देशको तिब्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताउँदै चितवनको विकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । 

मतदातालाई पैसाको प्रलोभनमा पार्ने र नागरिकको गरिबीमाथि राजनीति गर्नेविरूद्ध खबरदारी गनुपर्ने बताउँदै उहाँले केही उम्मेद्वारहरू पैसाको बलमा नागरिकलाई भ्रमित पार्ने खेलमा लागेको सूचना पाएको बताउनुभयो ।  विगतमा धेरै उम्मेद्वारहरूले चितवनबाट चुनावमा विजयी भएर गए पनि नागरिकको आशा पूरा गर्न नसकेको बताउँदै आफूले विगतमा अरूले नगरेका कामलाई  योजनाबद्ध रुपमा पूरा गर्न चितवन आएको बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया