MENU

समाज

Ncell Axiata
sagun

जंगलमा पल्टाएको मुढोले टाउकोमा लाग्दा एकजनाको मृत्यु

खोटाङ, कात्तिक २८ – खोटाङमा रुखको मुढोले टाउकोमा लाग्दा उदयपुरका एक किशोरको ज्यान गएको छ । रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडामा जंगलमा दाउरा खोज्नेक्रममा सँगै गएका साथीले लडाएको मुढोले लाग्दा उदयपुरका नरबहादुर राईका छोरा १४ वर्षका दिपक राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । 

निर्माणाधिन कुलोमा मजदुरी गर्नका लागि बाबुआमासँगै आएकाबेला जंगलमा दाउरा खोज्नेक्रममा अरुले लडाएको मुढाले लाग्दा घाइते भएका दिपकको मंगलबार ज्यान गएको हो । ढुंगामा ठोक्किएर उछिट्टिएको मुढाले टाउको र चिउँडोमा लाग्दा गम्भीर घाइते भएका दिपकको उपचारका लागि काठमाडौं लैजानेक्रममा जयराममा पुगेपछि ज्यान गएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया