MENU

खेल

Ncell Axiata
sagun

बिनोद दासले भने - अफगानिस्तानलाई हाम्रो खेल थाहा छ, हामी सक्दो गर्छौं

काठमाडौं, कात्तिक २८ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको सेमिफाइनलमा पुगेपछि  नेपाली टिमका प्रशिक्षक बिनोद दासले निकै राम्रो खेल प्रस्तुत गरेर सेमिफाइनलसम्म पुग्नु ठूलो उपलब्धी भएको बताउनुभएको छ । 

‘सेमिफाइनलमा पुग्नु निकै ठूलो प्राप्ती हो । हामीले निकै राम्रो खेलेका छौँ । हामीले लगातार राम्रो खेलेका छौँ । हाम्रो मेहनतले अहिले नतिजा दिइरहेको छ । परिस्थिति अलि कठीन थियो तर हामीले आफ्नो योजनाअनुसार नै काम गर्यौँ’ प्रशिक्षक दासले भने ‘मलेसियासँग सूरुमा बलिङ राम्रो हुन सकेन तर स्पीनर सुरु गर्ने वित्तिकै हाम्रो खेलमा लय फर्कियो । ब्याटिङमा आक्रामक रणनीति लिएका थियौँ । त्यसैअनुसार खेल भयो ।’  

अफगानिस्तानसँगको सेमिफाइनल खेल सहज नहुने पनि उनले बताए । ‘अफगानिस्तानसँग हामीलाई सहज छैन । उनीहरुले निकै राम्रो खेलिरहेका छन् । उनीहरुलाई हाम्रो खेल राम्ररी थाहा छ । हामी अन्तिमसम्म पूरै मेहनत गरेर प्रस्तुत हुनेछौँ’ दासले भने । 

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई साथै बंगलादेशले भारतलाई पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो । 

समूह ‘ए’ बाट नेपाल र बंगलादेश साथै समूह ‘बी’ बाट अफगानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता अफगानिस्तानसँग आउँदो शुक्रबार खेल्नेछ ।  

मंगलबार नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि नेपालले आइतबार भारतलाई पराजित गरेको थियो । मंगलबार बंगलादेशसँग ८ विकेटले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

  • चेल्सीको प्रभावशाली जित, पुग्यो अन्तिम १६ मा

    मंसिर ७ – इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’ मा रहेको चेल्सी समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा पुगेको हो ।

  • मेस्सी बेन्चमा, बार्सिलोनाले गोल गर्न सकेन

    मंसिर ७ – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो ।

  • अन्तिम मिनेट बन्यो घातक, म्यानचेस्टर युनाइटेड पराजित

    मंसिर ७ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ ।

  • मेस्सी अहिलेको पुस्ताका म्याराडोना–डिबाला

    मंसिर ६ – इटालियन सिरी ए क्लब युभेन्टसका स्टार खेलाडी पाउलो डिबालाले लियोनल मेस्सी अहिलेको पुस्ताको म्याराडोना रहेको बताएका छन् । डिबाला र मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सँगै खेल्छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया