MENU

राजनीति

Ncell Axiata
sagun

मतदाताको मन जित्न यसरी नाचे कृष्णबहादुर महरा र शंकर पोखरेल (भिडियोसहित)

हेमराज शर्मा/उज्यालो । 

दाङ, कात्तिक २८ – भनिन्छ चुनावमा मतदाता ग्रहुङ्गा हुन्छनु । यदि भोट पाउने हो भने उनीहरुको मन जित्नै पर्ने हुन्छ । त्यसैका लागि पनि होला चुनावका बेला मतदाताका सामु उम्मेदवाहरुले धेरै जुक्ति बटुल्छन् मत पाउनका लागि । यस्तै भयो दाङमा पनि । आफ्ना मतदाताहरुको अनुरोधमा उनीहरुको मन रिझाउनका लागि माओवादी नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर पोखरेल छम्छमी नाचे । 

माओवादी नेता महरा र एमाले नेता शंकर पोख्रेलको चुनावी क्षेत्र दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाको मुर्कुट्टीमा संयुक्त चुनावी सभा राखियो । आफ्नो चुनावी क्षेत्रमा मतदातालाई भेट्न र प्रतिवद्धता जाहेर गर्न दुवै नेता मुर्कुट्टी पनि पुग्नुभयो । उहाँहरु गाउँमा आउने भएपछि वाम गठबन्धनका तर्फबाट बाजागाजासहितको र्‍याली पनि राखियो । साथमा पहाडि क्षेत्रको भैलो नाच पनि । दुवै नेतालाई बाजागाजासहित सयौ मतदाताले स्वागत पनि गरे । यही बाजागाजासहितको र्‍यालीमा भैलो नाच गम्कियो ।

भिडियो हेर्नुहोस्  

ब्यक्तिगत स्वभाव अनुसार महरा र पोख्रेल प्रायः गम्भीर मुद्रामै रहनुहुन्छ । दुवै नेता नाचगान र हाँसोठट्टामा रुची नराख्ने जस्तो मानिनुहुन्छ । तर मुकुट्टीमा निकालिएको झाँकी, जुलुश र भैलो नृत्यमा मतदाताहरुले अनुरोध गरेपछि महरा र पोख्रेल मतदाताहरुसँग नाचे ।  

वाम गठबन्धनका तर्फबाट माओवादी नेता महरा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा तर्फ र वाम गठबन्धकै तर्फबाट एमाले स्थायी समिति सदस्य पोख्रेल प्रदेशसभा तर्फबाट क्षेत्र नं २ (क) बाट उम्मेदवार बन्नु भएको छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया