MENU

राजनीति

Ncell Axiata
sagun

शेरधन राईमाथि आक्रमण गरेको आशंकामा माओवादीका पूर्व नेता पक्राउ

भोजपुर, कात्तिक २८ – पूर्वसूचना तथा सञ्चार मन्त्री तथा प्रदेश उम्मेदवार शेरधन राईमाथि बम र गोली प्रहार भएको ७ घण्टा नबित्दै एक पूर्व माओवादी नेतालाई प्रहरीले पक्राउ गरेको छ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवार शेरधन राईमाथि आक्रमण गरेको आशंकामा पूर्व माओवादी नेता कृष्ण साङपाङ राई निकाशलाई पक्राउ गरेको हो ।  

पछिल्लो समय पार्टी विभाजनपछि मोहन बैद्यले नेतृत्व गरेको नेकपा-माओवादीमा आवद्ध रहेका राई पछिल्लो समय  नेकपा–माओवादी विभाजनपछि राजनीतिबाट अलग रहेर सामान्य जीवन निर्वाह गर्दै आएका थिए ।

बेलुकी ५ बजे आफ्नै घरबाट उनलाई नेकपा कम्युनिष्ट पार्टीमा आवद्ध भएको र आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी राजनीतिबाट अलग रहेको नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध नरहेको पत्नी निराले बताइन् । 

सशस्त्र द्वन्द्वको क्रममा पक्राउ परेका राईको सुरक्षाकर्मीको यातानापछि स्वास्थ्य अवस्था निकै नाजुक बनेकोे थियो । उनी हाल युरिक एसिड र बाथको विरामीका कारण हिँड्न डुल्न र दिसापिसाव गर्नसमेत अरुको सहायता लिनुपर्ने अवस्था रहेको उनका परिवारले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध रहेको आशंकामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर गीतनारायण चौधरीले बताउनुभयो । पक्राउ गरिएको पूर्व माओवादी नेतालाई हिरासतमा राखिएको स्रोतले जनाएको छ । निष्ठावान राजनीतिज्ञको रुपमा परिचित राई स्वास्थ्य समस्याका कारण राजनीति छोडेर घरमै आराम गर्दै आएका थिए ।

शेरधन राई चढेको गाडीमा बम प्रहार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया