MENU

खेल

Ncell Axiata
sagun

सन्यासको कोट लगाउँदै अनिलले भने, ५० खेल खेल्न पाउँदा खुशी छु

काठमाडौं, कात्तिक २८ – नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । मंगलबार फिलिपिन्ससँगको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिलले नेपालको लागि ५० औँ खेल पनि पूरा गरे ।  

‘मैले नेपालको लागि ५० वटा खेल खेल्न पाएँ, बिदा हुँदा केही निराश भए पनि खुशी नै छु’  एन्फा कम्प्लेक्स सातदोबाटोमा अनिलले भने । अनिलले आफ्नो बाँकी खेल जीवन क्लब फुटबलमा बिताउने योजना रहेको पनि सुनाएका छन् ।  

१० वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले ५० खेलबाट ९ गोल गरेका छन् । मंगलबार अनिललाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले सम्मानस्वरुप कोट र सम्मानपत्रसहित बिदाइ गर्नुभयो । 

१० नम्बरको जर्सी र फ्यानलाई सधैँ मिस गर्छु 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

  • चेल्सीको प्रभावशाली जित, पुग्यो अन्तिम १६ मा

    मंसिर ७ – इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’ मा रहेको चेल्सी समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा पुगेको हो ।

  • मेस्सी बेन्चमा, बार्सिलोनाले गोल गर्न सकेन

    मंसिर ७ – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो ।

  • अन्तिम मिनेट बन्यो घातक, म्यानचेस्टर युनाइटेड पराजित

    मंसिर ७ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ ।

  • मेस्सी अहिलेको पुस्ताका म्याराडोना–डिबाला

    मंसिर ६ – इटालियन सिरी ए क्लब युभेन्टसका स्टार खेलाडी पाउलो डिबालाले लियोनल मेस्सी अहिलेको पुस्ताको म्याराडोना रहेको बताएका छन् । डिबाला र मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सँगै खेल्छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया