MENU

राजनीति

Ncell Axiata
sagun

प्रचण्डको प्रतिबद्धता - सुरुङ मार्ग, फ्लाईओभरदेखि प्रचण्ड रोजगार योजनासम्म

- चितवन मेट्रो सिटी, मेडिकल राजधानी, औद्योगिक नगरी

- प्रचण्ड आवास योजना, प्रचण्ड रोजगार योजना 

- समवृद्ध माडी सम्पन्न माडीवासी

- चितवन राष्ट्रिय निकुञ्जमा सुरुङ्ग मार्ग वा फ्लाई ओभर

- कृषि फर्मको विकास, कृषक पाठशाला

- नारायणी नदीमा थप ३ वटा पुल, पर्यटकीय चितवन

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, कात्तिक २८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले मंगलबार आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । समृद्ध चितवनका लागि उहाँले चितवनका सवै स्थानीय तहलाई एकीकरणगरी चितवन मेट्रो सिटी बनाउने उद्धेश्यसहित आफ्नो प्रतिवद्धता सार्वजानिक गर्नुभएको हो।

उद्योग कृषि सेवा यातायात लगायतका क्षेत्रहरुबाट आउँदो ५ वर्षभित्र ५० हजार नयाँ रोजगार सिर्जना गरिने र त्यो रोजगारीमा चितवनका विपन्न परिवारलाई प्रथामिकतामा राखिने उहाँको प्रतिवद्धतामा रहेको छ । उहाँको प्रतिवद्धतामा चितवनको औद्योगीकरणका लागि चालु योजनाहरुको कार्यान्वयन तथा नयाँ योजनाहरुको माध्यमबाट रोजगारीको थप सिर्जना गर्ने उहाँको प्रतिवद्धतामा रहेको छ ।

भूमिहिन सुकुम्वासीहरुलाई पहिलो प्रथामिकताका साथ अहिले वसोवास गरेकै क्षेत्र वा पायक पर्ने ठाँउमा बहुतालको आधुनिक आवास गृह निर्माण गरी वितरण गरिने छ । सामान्तवादबाट देश पुँजीवादमा पाइला टेक्दै गएको  यो समयमा सुकुम्वासी समस्याको स्थायी समाधानका लागि आवास र रोजगारीको सन्तुलनबाट हल गर्ने उद्देश्य रहेको प्रतिवद्धतामा उल्लेख गरिएको छ । चितवनको कालिका नगरपालिकामा आफू प्रधानमन्त्री भएको समयमा घोषणा गरिएको औद्योगिक क्षेत्रको समग्र विकासमा एकीकृत योजना निर्माण गरिने उहाँको प्रतिवद्धतामा रहेको छ ।

औद्योगिक क्षेत्र शक्तिखोरमा पुग्ने फराकिलो सडक निर्माण, खानेपानी सञ्चार लगायतको सुविधा पुर्याइने छ । औद्योगिक क्षेत्रमा देशभित्र र बाहिरका उद्योगिहरुलाई व्यापक रुपमा आकर्षित बनाई आउँदो पाँच वर्षभित्र औद्योगिक शहर निर्माण गरिने छ । ठोरी नाकालई व्यवस्थित बनाई भारतसँगको व्यापार तथा सुख्खा पारवहनलाई नियमित गरिने छ । पूर्वी चितवनको उपयुक्त स्थानमा तीन नम्बर प्रदेशको तेल भण्डारण गरिने उहाँको प्रतिवद्धतामा रहेको छ ।

माडी दुर्गम विपन्नता र प्राकृतिक प्रकोपले बर्सेनी ठूलो जनधनको क्षति भइरहने क्षेत्र भएकाले यसको हल गुाणत्मक हिसाबले निकाल्नु पर्ने छ । राष्ट्रिय निकुञ्ज चितवनवासीको गौरवको बिषय बनिरहँदा माडीका बासिन्दाका लागि कतिपय सन्दर्भमा अभिसाप बनेकोले आउँदो पाँच वर्षमा माडी र बाँकी चितवन जोड्नेगरी निकुञ्जमा सुरुङ्गमार्ग र फ्लाई ओभार सडक मध्ये एक बनाइने उहाँको प्रतिवद्धतामा उल्लेख छ । 

चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन कृषि शिक्षा र उत्पादनको मुख्य केन्द्र, सामुदायिक शिक्षामा क्रान्तिकारी विकास, सम्बृद्ध र विकसित चितवनको सपना, पर्यटकीय चितवन नगरीका लागि बिशेष योजनासहितको प्रतिवद्धता रहेको छ । 

चितवनमा मेट्रो वा मोनो रेलको सम्भाब्यता अध्ययन गरि निर्माण कार्यलाई अघि बढाईने उहाँको प्रतिबद्धतामा छ । मेघौलीमा रहेको विमानस्थलको स्तर उन्नति गर्ने, नारायणी नदीमा तीन वटा थप पुल निर्माण गरिने, भण्डारा–मलेखु सडकलाई स्तर उन्नतीसहित पूर्णता दिईने र शक्तिखोर–फिस्लिङ् सडक निर्माण गरिने प्रतिबद्धतामा जनाईएको छ ।

कृषि तथा बन बिज्ञान विद्यालय रामपुरमा हाल थोरै संख्यामा रहेको विद्यार्थी कोटालाई बढाएर अहिलेको भन्द दशौं गुणा बढी विद्यार्थीहरु पढ्न सक्ने बनाउने दाहालको प्रतिबद्धता पत्रमा जनाईएको छ । पश्चिम चितवनको शारदानगरमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद रंगशाला निर्माण गरिने, जिल्लामा अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन पार्क निर्माण गरिने र चितवनमा सञ्चार अध्ययन प्रतिष्ठान स्थापना गर्न पहल गर्ने उहाँको प्रतिबद्धतामा जनाईएको छ । 

देवघाट मौलाकालिका क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न गुरु योजना तयार गर्ने र देवघाट क्षेत्रको संरक्षण, पुनर्निर्माण, प्रबद्र्धन, बिद्युतीय शब गृह तथा बृद्धाश्रमको निर्माण गरि त्यसको संरक्षण र विकास गरिने उहाँको प्रतिबद्धतामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया