MENU

समाज

Ncell Axiata
sagun

एकजनाले अन्धाधुन्ध खुँडा चलाउँदा तीन जनाको मृत्यु

मकवानपुर, कात्तिक २८ - मकवानपुरको मनहरी गाउँपालिकामा खुँडा प्रहारबाट तीनजनाको ज्यान गएको छ । मनहरी-७ विजौनाका सुमन बराइलीले अन्धाधुन्ध खुँडा चलाउँदा स्थानीय सुदन धिताल उनका बुवा सिताराम र स्थानीय जितबहादुर ब्लोनको ज्यान गएको हो । 

खुँडा लागेर घाइते भएका सुदन र जितबहादुरको उपचारका लागि भरतपुर लैजाँदै गर्दा र सितारामको मनहरी स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन गुमाएका बराइलीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दिलिप राज झाले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया