MENU

समाज

Ncell Axiata
sagun

लोकतान्त्रिक गठबन्धनको टोलीलाई लक्षित गरेर बम विस्फोट

म्याग्दी, कात्तिक २८ – म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा लोकतान्त्रिक गठबन्धनको टोलीलाई लक्षित गरेर बम विस्फोट भएको छ । 

प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा र प्रदेशसभाका उम्मेदवार राप्रपाका भीमप्रसाद गौचन चढेको गाडीलाई लक्षित गरी जमिनमुनि गाडिएको माइन बम विष्फोट भएको हो । 

रत्नेचौरबाट चुनावी कार्यक्रम सकेर अर्जम जाने क्रममा जोरपीपल भन्ने ठाउँमा बम विष्फोट भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो । विष्फोटबाट क्षति भने नभएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया