MENU

राजनीति

Ncell Axiata
sagun

मतदाता परिचयपत्र हराएका मतदाता अलमलमा

खोटाङ, कात्तिक २८ – मतदाता परिचयपत्र हराएका खोटाङका मतदाता आसन्न चुनावमा मत हाल्न पाउने/नपाउने अलमलमा परेका छन् । 

यसअघि लिएको मतदाता परिचयपत्र हराएका मदताता आउँदो मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा सहभागी हुन पाउने/नपाउनेमा अलमलिएका हुन् । मतदाता परिचयपत्र हराएका मतदाताको हकमा निर्वाचन आयोगले अहिलेसम्म स्पष्ट धारणा नदिँदा त्यस्ता मतदाता आसन्न चुनावमा भोट हाल्न पाउने वा नपाउनेमा अन्योलमा परेका हुन् । निर्वाचन कार्यालयका अनुसार खोटाङमा आसन्न चुनावमा मत हाल्ने मतदाता संख्या १ लाख २५ हजार १८३ छन् । 

मतदाता नामावलीमा नाम समावेश भएका तर परिचयपत्र हराएका मतदाताले आउँदो चुनावमा मत खसाल्न पाउने/नपाउने भन्ने विषयमा आयोगको धारणा नआउँदा अन्योल छाएको स्थानीय बासिन्दाले बताएका छन् । परिचयपत्र हराएका मतदाताको विषयमा आयोगको स्पष्ट धारणा नआएसम्म आफूसँग आाधिकारिक जवाफ नभएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले  बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया