MENU

राजनीति

Ncell Axiata
sagun

गोली बर्साउनेलाई भोट नहाल्नुस्, चुनावलगत्तै मधेस प्रदेश घोषणा गर्छौं - उपेन्द्र यादव

सप्तरी, कात्तिक २८ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपाल र राजपाको मधेस गठबन्धन दुई नम्बर प्रदेशमा दुई तिहाई बहुमत ल्याएर विजयी हुने दाबी गर्नुभएको छ ।  

अध्यक्ष यादवले आफूहरुको गठबन्धन विजयी भएलगत्तै प्रदेश दुईलाई मधेस प्रदेश घोषणा गर्ने दाबी गर्नुभयो । स्थानीय चुनावको उत्साहजनक नतिजालाई आधार मान्दै आउँदो चुनावमा फोरम नेपाल र राजपाको प्यानल बहुमतले जित्ने यादवको दाबी छ । 

सप्तरीको आफ्नो निर्वाचन क्षेत्र २, महदेवागाउँपालिका वडा नम्बर १, पकरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले पर्सादेखि सप्तरीसम्मको आठ जिल्लालाई समेटेर प्रदेश दुईमा मधेस सरकार निर्माण गर्ने बताउनुभएको हो । 

मधेश विरोधीलाई भोट नहाल्नुस्

अध्यक्ष यादवले मधेस विरोधी शक्तिलाई भोट नहाल्न आह्वान गर्नुभएको छ । कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेशस आन्दोलनका क्रममा निहत्था जनतामाथि गोली हान्न लगाउने तीनदललाई भोट नदिन अपील गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया