MENU

समाज

Ncell Axiata
sagun

पाटन औद्योगिक क्षेत्रभित्र भीषण आगलागी

ललितपुर, कात्तिक २८ - पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगमा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोले नजिकै रहेको काठ उद्योगमा पनि क्षति पुगेको छ ।

बेलुकी ६ बजे आगलागी सुरु भएपनि अझै नियन्त्रणमा आउन सकेको छैन । दमकल ढिलो आएको, पानी नभएको र रात पनि परेकाले आगो निभाउन कठिन भएको हो । अहिले दमकलको सहयोगले आगो निभाउने काम भैरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया