MENU

समाज

Ncell Axiata
sagun

​आगलागीबाट तीनवटा उद्योगमा क्षति

ललितपुर, कात्तिक २८-  पाटन औद्योगिक क्षेत्रभित्र भीषण आगलागी हुँदा तीनवटा उद्योगमा करोडौंको क्षति पुगेको छ । औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगलागीले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र पञ्चकन्या युनिकमा समेत क्षति पुर्याएको हो ।

बेलुकी ६ बजेतिर सुरु भएको आगलागी राती १० बजेपछि पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । आगलागी लगभग नियन्त्रणमा आइसकेको र पूर्ण रुपमा निभाउन अझै केही समय लाग्ने ललितपुर प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया