MENU

खेल

Ncell Axiata
sagun

मेस्सी बिनाको अर्जेन्टिना नाइजेरियासँग हार्‍यो

कात्तिक २९ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा अर्जेन्टिना पराजित भएको छ । मंगलबार राति रुसमा भएको खेलमा अर्जेन्टिना नाइजेरियासँग ४–२ ले पराजित भएको हो । पहिलो हाफमा एभर बानेगा र सर्जियो अग्युरोको गोलबाट २–१ को अग्रता लिएको अर्जेन्टिना दोस्रो हाफमा गोल खाँदै पराजित भएको हो । नाइजेरियाका लागि पहिलो हाफमा केलिची इहिनाचोले गोल गरेका थिए । दोस्रो हाफमा नाइजेरियाका लागि एलेक्स इवोबीले दुई गोल गरे भने ब्रायन इडोउले गोल गरे । लियोनल मेस्सी बिना खेलेको अर्जेन्टिना विश्वकप हुने देशमा भएको खेलमा पराजित भएको हो । यो खेलमा अग्युरोले पहिलो हाफमा मात्रै खेलेका थिए । मैत्रिपूर्ण खेल अन्तर्गत राति नै भएका अरु खेलमा बेल्जियमले जापान तथा स्लोभाकियाले नर्वेलाई समान १–०, कोलम्बियाले चीनलाई ४–० तथा नेदरल्याण्डसले रोमानियालाई ३–० ले हरायो । यस्तै वेल्स र पानामा, दक्षिण कोरिया र सर्बिया तथा कतार र आइसल्याण्डले १–१ को बराबरी खेले । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

  • चेल्सीको प्रभावशाली जित, पुग्यो अन्तिम १६ मा

    मंसिर ७ – इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’ मा रहेको चेल्सी समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा पुगेको हो ।

  • मेस्सी बेन्चमा, बार्सिलोनाले गोल गर्न सकेन

    मंसिर ७ – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो ।

  • अन्तिम मिनेट बन्यो घातक, म्यानचेस्टर युनाइटेड पराजित

    मंसिर ७ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया