MENU

खेल

Ncell Axiata
sagun

एरिक्सनको ह्याट्रिकले विश्वकपमा फर्कियो डेनमार्क

कात्तिक २९ – डेनमार्क आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत प्ले–अफको दोस्रो लेगमा रिपब्लिक अफ आयरल्याण्डलाई ५–१ ले हराउँदै डेनमार्कले विश्वकपमा स्थान सुरक्षित गरेको हो । पहिलो लेगमा गोल रहित बराबरी खेलेर छनौटको सम्भावना बराबरी राखेको रिपब्लिक अफ आयरल्याण्डले दोस्रो लेगको सुरुको छैटौं मिनेटमा नै गोल गर्दै सुरुवाति अग्रता लिएको थियो । छटौं मिनेटमा शेन डफीले गोल गर्दै घरेलु टोली आयरल्याण्डलाई सुरुवाति अग्रता दिलाएका हुन् । तर त्यसपछि भने डेनमार्कले गोलको वर्षा नै गर्‍यो । २० औं मिनेटमा आयरल्याण्डका साइरस क्रिष्टिले आत्मघाती गोल गरे । ३२ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका डेनमार्कका क्रिष्टियन एरिक्सनले ६३ र ७३ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेपछि डेनमार्कले ४–१ को अग्रता लियो । ९० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै निकलस बेन्टनरले गोल गरेपछि डेनमार्क ५–१ ले विजयी भयो र युरोपियन क्षेत्रबाट विश्वकपका लागि बाँकी रहेको एक स्थानमा आफूलाई राख्न सफल भयो । यसअघि ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपमा छनौट हुन नसकेको डेनमार्कले आउँदो वर्ष रुसमा हुने विश्वकपमा खेल्ने पक्का भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

  • चेल्सीको प्रभावशाली जित, पुग्यो अन्तिम १६ मा

    मंसिर ७ – इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’ मा रहेको चेल्सी समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा पुगेको हो ।

  • मेस्सी बेन्चमा, बार्सिलोनाले गोल गर्न सकेन

    मंसिर ७ – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो ।

  • अन्तिम मिनेट बन्यो घातक, म्यानचेस्टर युनाइटेड पराजित

    मंसिर ७ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया