MENU

राजनीति

Ncell Axiata
sagun

कैलाली–५ मा चलायमान मतदाता, आरजु र नारदमुनीबिच कडा प्रतिस्पर्धा

नवराज पनेरु/उज्यालो । 

कैलाली, कात्तिक २९ – २०७० सालमा भएको संविधानसभाको चुनावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव उठेको साबिकको कैलाली निर्वाचन क्षेत्र नम्बर ६ अर्थात अहिलेको निर्वाचन क्षेत्र नम्बर ५ हो । प्रधानमन्त्रीले लडेको क्षेत्र भएर र अहिले प्रधानमन्त्री पत्नी आरजु राणा देउवा चुनावमा उठेकाले यसपटकको चुनावमा कसले बाजी मार्ला भनेर यहाँ चर्चा, परिचर्चा सुरु भएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताले पछिल्ला चुनावमा दिएको फरक फरक परिणामले पनि यसपाली यो क्षेत्रबाट कसले जित्ने हो सहजै अनुमान लगाउन सकिएको छैन । पछिल्ला केही चुनाव र त्यसले दिएको नतिजाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसको पकड राम्रो मानिन्छ । तर इतिहास पल्टाउने हो भने कैलाली ५ अर्थात धनगढी उप–महानगरपालिकाका मतदाताहरु निकै चलायमान देखिन्छन् ।

२०४८ सालमा भएको प्रतिनिधिसभा चुनावमा कांग्रेसका नेता टेकबहादुर चोखालले यो क्षेत्र जित्नुभएको थियो भने २०५२ सालमा एमालेका नेता महेश्वर पाठकले चुनाव जित्नुभयो, मतदाताले कांग्रेसका चोखाललाई तेस्रो नम्बरमा पुगाई दिए ।

२०५६ सालको आम चुनावमा २०५२ सालमा तेस्रो भएका कांग्रेसका टेकबहादुर चोखालले चुनाव जित्दै इतिहास दोहोर्‍याउनुभयाे । त्यसपछि २०६४ सालमा भएको संविधानसभाको पहिलो चुनावमामा साबिकको कैलाली ६ अर्थात अहिलेको कैलाली ५ का मतदाताले फरक परिणाम दिए । 

तत्कालीन नेकपा माओवादी उम्मेदवार लिला भण्डारीले चुनाव जित्नुभयो । कांग्रेसका टेकबहादुर चोखाल झण्डै ३ हजार मतले पराजित हुनुभयो । २०७० सालको दोस्रो संविधानसभा चुनावमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै दोब्बर मत अन्तरले विजयी हुनुभयो । देउवाले डडेल्धुराबाट पनि जितेकाले, कैलालीको यो निर्वाचन क्षेत्र छोडेपछि भएको उप चुनावमा कांग्रेसका पुष्करनाथ ओझाले एमालेका महेश्वर पाठकलाई हराउनुभयो ।

यसै वर्ष सम्पन्न भएको स्थानीय तहको चुनावमा पनि धनगढी उप–महानगरपालिकामा मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवारले जितेका छन् । पछिल्ला केही चुनावलाई आधार मान्ने हो भने यो क्षेत्र कांग्रेसको पकडको क्षेत्र मान्न सकिन्छ तर इतिहास पल्टाउँदा यो क्षेत्रलाई कसैका लागि पनि बलियो मान्न सकिने अवस्था छैन । 

स्थानीय तहमा प्राप्त मतलाई आधार मान्ने हो भने लोकतान्त्रिक गठबन्धनभन्दा एमाले र माओवादी केन्द्रको गठबन्धन झण्डै ५ हजार मतले अगाडि देखिएको छ । तर स्थानीय तहको चुनावपछि धनगढी उप–महानगरपालिका क्षेत्रमा मात्रै झण्डै १० हजार मतदाता थपिएका छन् भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कैलाली गाँउपालिकाका २ वटा वडा ९ र ६ पनि थपिदा थप १० हजार मतदाता बढेका छन् ।

प्रतिनिधिसभाको चुनावमा पथ भएका २० हजार मत पनि निर्णायक देखिन्छन् भने ति मतदाताले नै पहिलो पटक प्रत्येक्षमा उम्मेदार बनेकी प्रधानमन्त्री पत्नी आरजु र वाम गठबन्धनका नारमुनी रानाको भाग्य निर्धारण गर्नेछन् । कैलालीका निर्वाचन क्षेत्रमा यसपाली थपिएका गरी ९१ हजार ८१८ मतदाता रहेका छन् । 

त्यसमध्ये ३० हजारको हाराहारीमा राना मतदाताको संख्या छ । चौधरी मतदाताको संख्या झण्डै १० हजार छ । राना समुदायले नारदमुनीलाई कत्तिको पत्याउछन् त्यसले पनि यहाँको नतिजामा फरक पार्ने देखिएको छ । तर कांग्रेसले प्रदेश तर्फ रानाको बाहुल्य भएको क्षेत्र अर्थाथ क मा जीवन रानालाई उम्मेदवार बनाएकाले रानाको कांग्रेसमा पनि अपनत्व हुने अनुमान गरिएको छ ।

राना सुदायको मतपछि, कैलाली ५ मा पहाडमा डोटी जिल्लाबाट बसाई सरेकाहरुको मत रहेकाले प्रदेश ख मा कांग्रेसले डोटीका बाहुन डिल्लीराज पन्तलाई उम्मेदवार बनाएको छ । दुवैजनाको कडा टक्करको अनुमान गरीएका बेला कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा विवेकशील साझा पार्टीले कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीलाई उम्मेदवार बनाएको छ । धनगढी क्षेत्रमा विवेकशील साझाको पनि राम्रो प्रभाव देखिएकाले भण्डारीको मतले पनि जित हारको निर्णय गर्ने देखिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया