MENU

खेल

Ncell Axiata
sagun

अर्जेन्टिनाका अग्युरो मध्यान्तरमा बेहोस

कात्तिक २९ – विश्वकप फुटबलको तयारी स्वरुप मंगलबार राति भएको मैत्रिपूर्ण खेलको हाफ टाइममा बेहोस भएपछि अर्जेन्टिनाका सर्जियो अग्युरोलाई अस्पताल लगिएको छ । रुसमा भएको नाइजेरियासँगको खेलमा अर्जेन्टिनाका लागि पहिलो हाफमा गोल गरेका अग्युरो बिश्राम समयका बेला ड्रेसिङ रुपमा बेहोस भएका हुन् । उनलाई लगतै अस्पताल लगिएको थियो । मेस्सी बिना खेलेको अर्जेन्टिना दोस्रो हाफमा अग्युरो बिना नै मैदानमा गयो । नाइजेरियाले उसलाई ४–२ ले हरायो । अग्युरोलाई थप समस्या नआओस् भन्नका लागि अस्पताल लगिएको अर्जेन्टिनाको फुटबल एसोसिएसनले जनाएको छ ।

मेस्सी बिनाको अर्जेन्टिना नाइजेरियासँग हार्‍यो

२९ वर्षका अग्युरो अस्पतालबाट डिस्चार्ज भइसकेको अर्जेन्टिनामको एफएले जनाएको छ । ट्वीट मार्फत अग्यरो टिमका अरु साथीसँगै होटल गएको जानकारी दिइएको हो । अग्युरोलाई ड्रेसिङ रुममा रहेका बेला रिंगटा लागेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

  • चेल्सीको प्रभावशाली जित, पुग्यो अन्तिम १६ मा

    मंसिर ७ – इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’ मा रहेको चेल्सी समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा पुगेको हो ।

  • मेस्सी बेन्चमा, बार्सिलोनाले गोल गर्न सकेन

    मंसिर ७ – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो ।

  • अन्तिम मिनेट बन्यो घातक, म्यानचेस्टर युनाइटेड पराजित

    मंसिर ७ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया