MENU

राजनीति

Ncell Axiata
sagun

शशांकको ह्याट्रिक यात्रामा वाम गठबन्धनका भविश्वरको चुनौती कडा

दयाराम आचार्य/उज्यालो । 

नवलपरासी ,कात्तिक २९–  नवलपरासीको नवलपुर १ को निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला लगातार तेश्रोपटक चुनावको परीणाम आफ्नो पक्षमा पारी  ह्याट्रिक पूरा गर्ने सोचमा हुनुहुन्छ ।

यसअघि लगातार संविधानसभाको पहिलो चुनाव २०६४ र दोश्रो चुनाव २०७० मा नवलपुर क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएका कोइराला यसपटक पनि नवलपरासी नवलपुर १ बाट नै चुनावी मैदानमा हुनुहुन्छ ।  शशांकको ह्याट्रिक गर्ने अवसरलाई चुनौती दिन वाम गठबन्धनका तर्फबाट भविश्वर पराजुली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

कोइरालालाई यसपटक जित निकाल्न भने पहिलाको भन्दा बढी चुनौती रहेको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहनु भएका भविश्वर पराजुलीलाई गठबन्धनले मजबुत बनाएको छ ।

गठबन्धनका भविश्वर पराजुली भन्दा कांग्रेसका महामन्त्री समेत रहेका कोइराला हेभिवेटका नेता भएकाले पनि कोइरालालाई केही सहज भने अवश्य हुने देखिन्छ । कोइरालाको विगत नवलपुर १ मा खासै राम्रो भने हुन नसकेको मतदाताहरुको गुनासो छ । राजनीतिमा प्रभावशाली नेताको रुपमा हेरिएको भए पनि आफ्नो क्षेत्रको विकासमा भने खासै उल्लेखनीय कार्य नगरेको आरोप कोइरालालाई मतदाताले लगाउँदै आएछन् ।

वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका भविश्वर पराजुली भ्रष्टचार विरुद्धको राष्ट्रिय अभियानका  अध्यक्ष समेत रहनु भएको छ । यसले गर्दा पराजुलीलाई केही फाइदा पुग्ने देखिन्छ । पराजुलीका लागि चुनावको अनुभव यो पहिलो हो । नयाँ अनुहार खोजिरहेका निर्वाचन क्षेत्र नं. १ का मतदाताका लागि पराजुली पहिलो रोजाई बन्न सक्ने देखिन्छ ।

नवलपरासीको अहिलेको नवलपुर १ को निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले २०४८ सालदेखि जित्दै आएको छ । त्यसैले नेपाली कांग्रेसको गढलाई चुनौती दिन वाम गठबन्धनलाई सजिलो भने छैन ।

संविधानसभाको पहिलो चुनाव वि.स. २०६४ मा डा. शशांक कोइरालाले १७ हजार ४ स ३० मत ल्याएर विजयी हुदा निकटतम प्रतिस्पर्धी माओवादीका ठाकु प्रसाद चापागाईं रहनु भएको थियो । त्यती बेला एमाले तेश्रो स्थानमा रहेको थियो । चापागार्इंले १४ हजारको हाराहारीमा मत ल्याउँदा एमालेका उम्मेदवार देवकला बरालले ८ हजारको हाराहारीमा मत प्राप्त गर्नुभएको थियो । एमाले र माओवादीका उम्मेदवारले ल्याएको यो मत कांग्रेसका कोइरालाले पाएको मत भन्दा बढी हुन्छ ।

वि.स. २०७० को चुनावमा कोइराला १८ हजार २ सय २८ मत ल्याएर विजयी बन्दा नेकपा एमालेका उम्मेदवार दिपक अधिकारी क्षेत्रीले १२ हजार १ सय १० मत र माओवादीका उम्मेदवार धनप्रसाद सापकोटाले ४ हजार ३ सय १७ मत प्राप्त गर्नु भएको थियो । २०७० मा दुई अलग रुपमा लडेका दल नेकपा एमाले र माओवादी केन्द्र अहिले एक भएका छन् । जसअनुसार २०७० को मतलाई हेर्दा कांग्रेसले पाएको मत एमाले र माओवादीका उम्मेदवारले पाएको मतलाई जोड्दा १ हजार ८ सय ८१ को अन्तर हुन आउँछ ।

पछिल्लो पटक भएको  स्थानीय तहको चुनावमा नेपाली कांग्रेस र प्रजातान्त्रिक गठबन्धनमा रहेको राप्रपाको मतलाई जोडने हो भने कुल ३३ हजार ३ सय ४८ मत हुन आउँछ । यता एमालेसहित वाम गठबन्धनका माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका वडा अध्यक्षहरुले पाएको मत ३३ हजार १ सय ३७ रहेको छ, जुन प्रजातान्त्रिक गठबन्धको भन्दा २ सय ११ मतले मात्र कम हुन आउँछ ।

तर गैँडाकोट नगरपालिकामा नेकपा एमालले ३ वटा वडामा राप्रपालाई समर्थन गरेको थियो । जहाँबाट राप्रपाले  ७ सय ५० मत पाएको थियो । त्यसमध्ये धेरै मत एमालेको रहेको विश्लेश्ण गरीएको छ ।  यस हिसाबमा वाम घटकको मत केही संख्याले धेरै हुन आउँछ ।

एक्लै तीन ठुला दल चुनावी प्रतिस्पर्धामा जाँदा कांग्रेस बलियो अवस्थामा रहन्थ्यो तर दुई दलका उम्मेदवारको मत जोडिरहँदा भने अवस्था फरक रहेको छ । यसकारण पनि आसन्न चुनावमा डा. शसाक कोइरालाले आफ्नो लगातारको यात्रा कायम राख्न कठिन हुने देखिन्छ ।

नवलपरासीको नवलपुर १ को प्रतिनिधिसभाको क्षेत्रमा गैँडाकोट नगरपालिका, बुलि¨टार गाउँपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिकाको १, २ र ५ देखि १३ सम्मका वडाहरु समावेश गरिएको छ । 

यस्तै यस क्षेत्रमा अहिले स्थानीय तहको चुनावपछि  १७ हजार नयाँ मतदाता थपिएका छन् । क्षेत्र नम्बर १ मा कुल १  लाख १३ हजार ९ सय ४७ मतदाता रहेका छन् । नयाँ मतदाता जता लाग्छन् उसकै जित हुन्छ भन्ने आँकलन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया