MENU

समाज

Ncell Axiata
sagun

पाटन औद्योगिक क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

काठमाडौं, कात्तिक २९ – ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको र सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल प्रयोग भइरहेको त्यहाँ खटिएका प्रहरी निरीक्षक द्वारिका घिमिरेले जानकारी दिनुभयो ।

यस्तै आगो निभाउन नागरिक उड्डयन प्राधिकरणको पनि सहयोग लिइएको छ । निजी ट्याङरबाट पनि पानी ओसार्ने र छ्याप्ने काम भइरहेको उहाँले बताउनुभयो । मंगलबार बेलुका ६ बजेतिर लागेको आगोले करौडौँको क्षति गरेको छ । अहिले पनि उद्धारको काम भइरहेको उहाँले बताउनुभयो । आगोले तीनवटा उद्योगमा धेरै क्षति पुगेको छ ।

औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगलागीले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र पञ्चकन्या युनिकमा समेत क्षति पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया