MENU

बातावरण-कृषि

ujyaalo forign call inside

पूर्वका केही ठाउँमा आज हल्का पानी पर्ने

काठमाडौं, कात्तिक २९ – पूर्वको एक दुई ठाउँमा बुधबार हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वको एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले अहिले पूर्वसहित मध्य क्षेत्रको मौसम बदली भएको हो । अहिले बदली भएको काठमाडौं उपत्यकाको मौसम दिउँसो खुले पनि फेरि बदली हुने संभावना रहेको उहाँले जानकारी दिनुभयो । बिहीबारदेखि दुई दिन भने देशभरि कै मौसम बदली भइ केही ठाउँमा हल्का पानी पर्ने मौसमविद पोख्रेलको अनुमान छ ।

बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावसँगै पश्चिमी वायुको असरले बिहीबार देशभरि कै मौसम बदली भइ केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको उहाँको भनाई छ ।

पानी परेपछि चिसो झन् बढ्नेछ । बिहानको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको बुधबार दिउँसोको तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया