MENU

समाज

Ncell Axiata
sagun

बुढानिलकण्ठमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं, कात्तिक २९ – काठमाडौंको बुढानिलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् ।

मंगलबार बेलुका बुढानिलकण्ठबाट चक्रपथ जाँदै गरेको बा ८५ प ५१५३ नम्बरको मोटरसाइकलले हात्तिगौँडामा पैदलयात्रुलाई ठक्कर दिएर भाग्ने क्रममा बा २ ख १८८८ नम्बरको माइक्रोबसमा ठोक्किँदा मोटरसाइकलमा रहेका दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

पैदलयात्रुलाई ठक्कर दिएपछि भाग्ने क्रममा मोटरसाइकलले बा ८९ प १३७५ नम्बरको स्कुटरलाई ठक्कर दिएर उछिट्टिँदा माइक्रोमा ठोक्किएकाले कपनका १७ वर्षका आश्रित श्रेष्ठ र भक्तपुर मध्यपुर ठिमीका १७ वर्षकै प्रयाग श्रेष्ठको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा ज्यान गएको हो ।

मोटरसाइकल चालकको परिचय नखुलेको महानगरीय प्रहरी वृत्त महाराजगंजले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री हात्तीगौँडाका ४४ वर्षका विश्वजित थापा र स्कुटर चालक खोटाङ्ग घर भई अहिले बुढानिलकण्ठ चपली बस्ने ईमोस राईको शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न तीनवटै गाडीलाई प्रहरी वृत्त महाराजगजले नियन्त्रणमा लिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया