MENU

विचार/अनुभूति

Ncell Axiata

घर कुन दिशामा फर्केको राम्रो ?

ज्यो. बलराम उपाध्याय खकुरेल -

वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । 

पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ । त्यसकारण पूर्व दिशालाई अन्य दिशाहरु भन्दा निकै महत्वपूर्ण मान्ने गरिन्छ । पूर्व दिशाको मालिक देवताहरुका राजा इन्द्रलाई मानिन्छ । साथै नवग्रहमध्ये सूर्यले पनि यस दिशाको नै प्रतिनिधित्व गर्दछ । वास्तुशास्त्र अनुसार यस दिशामा वास्तुपुरुषको मुखको भाग पर्दछ । यस्ता विविध कारणहरुले गर्दा पूर्व दिशालाई शुभ दिशा मानिन्छ । 

तर घरभन्दा पूर्व दिशा कुनै कारणले अग्लो छ भने यस्तो लाई अशुभ मानिन्छ । वास्तुशास्त्रका अनुसार पूर्वदिशामा भएको बाटोमा घर ढेपेर बनाइएको छ र पश्चिम दिशा चाहिँ खाली हुनु पनि राम्रो हुँदैन । 

पूर्व दिशामा फोहोर फाल्ने ठाउँ या फोहोर संकलन गर्ने ठाउँ हुनु पनि अशुभ मानिन्छ । साथै आफ्नो घरको यस दिशामा पुराना संरचनाहरुको भग्नावशेषहरु छन् भने पनि अशुभ नै मानिन्छ ।  

शहर बजारमा भाडामा घर नलगाउने सायद कम नै हुन्छन् । वास्तुशास्त्रका अनुसार भाडा लगाइने घरमा घरमूली सँधै सबैभन्दा माथिको तलामा बस्नु शुभ हुन्छ भने घर सकेसम्म धेरै समय खाली गरेर नराख्नु नै राम्रो हुन्छ । घरको कम्पाउन्ड पनि पश्चिम भन्दा पूर्व होचो हुनु शुभ मानिन्छ । 

वास्तुशास्त्रका कतिपय ग्रन्थहरुमा दक्षिण दिशालाई अशुभ मानेको पाइन्छ । तर हाम्रो देशको सन्दर्भमा भने पूर्व दक्षिण हुँदै पश्चिमसम्म घामको प्रकाश जाने भएकाले यस दिशालाई नराम्रो मान्नुपर्ने भने देखिँदैन । केही विशेष परिस्थिति बाहेक अन्य प्रयोजनको लागि दक्षिण दिशा पनि प्रयोग गर्न सकिने देखिन्छ । हिन्दुधर्मका अनुसार दक्षिण दिशालाई यमराज र भैरवको दिशाको रुपमा मानिन्छ ।

ज्योतिषशास्त्रका अनुसार यस दिशाको मालिक मङ्गल ग्रहलाई मानिन्छ । वास्तुशास्त्र अनुसार यस दिशामा वास्तु पुरुषको बायाँ छाती पर्दछ ।

घरको दक्षिण दिशामा धेरै जग्गा छोड्नु हुँदैन । यस दिशामा अरु दिशामा भन्दा बढी ठाउँ खाली छोडिएको छ भने घरमा धन सम्पति र मान मर्यादामा समस्या हुने मानिन्छ । घरको छत अर्थात् ढलान दक्षिणतिर ढल्केको हुनु पनि अशुभ मानिन्छ । छतको पानीको निकास पूर्व उत्तर वा पश्चिमतर्फ हुनुलाई राम्रो मानिन्छ । घरको दक्षिणतर्फ बनाइएको पर्खाल आग्नेय कोण वा दक्षिण दिशातर्फ ढल्केको छ भने पनि राम्रो मानिँदैन । 

जुन घडेरीमा घर बनाइएको छ त्यस घडेरीको जमिन दक्षिणतर्फ भिरालो छ भने त्यसलाई राम्रो मानिँदैन । छानोको पानी दक्षिणतर्फ झर्नेगरी घर बनाउन हुँदैन । 

शास्त्रअनुसार पश्चिम दिशाका मालिक वरुण देवता हुन् । वरुणलाई जलको देवता मानिन्छ । घरको पश्चिम दिशामा भत्किएको र चर्किएको भित्ता हुनुलाई राम्रो मानिँदैन । यस दिशामा गहिरो खाल्डो छ भने पनि यसलाई अशुभ मानिन्छ ।

उत्तर दिशाको मालिक धनसम्पत्तिका मालिक कुबेरलाई मानिन्छ । ज्योतिष शास्त्र अनुसार यस दिशाको प्रतिनिधित्व बुध ग्रहले गर्दछ । वास्तु शास्त्रका अनुसार यस दिशामा वास्तुपुरुषको छाती पर्दछ । यस कारण उत्तर दिशालाई वास्तु शास्त्रमा महत्वपूर्ण मानिन्छ । हाम्रा संरचनाहरुको उत्तर दिशामा बाटो भएको राम्रो मानिन्छ । तर उत्तर दिशामा बाटो भएपनि यही दिशाको पर्खाल वा घरको भित्तो चर्किएको छ भने अशुभ मानिन्छ । 

विशेष गरेर उत्तरबाट हल्का पश्चिम दिशातर्फ कुवा, इनार, वा पानी संकलन गर्ने स्थान हुनु राम्रो मानिँदैन । घरको उत्तरतर्फ भएका अनावश्यक रुख, काँडा वा पर्खालहरु हटाउनु राम्रो हुन्छ । यस दिशामा भएको गहिरा खाल्डाखुल्डीहरु पुर्नुपर्दछ । 

[email protected]

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बन्दी चेतनाको ‘जाँच प्रयोग’

    “यहाँ अहिले हामी ६ सय ६८ जना छौं” – एक परिचित युवा बन्दीले सुस्तरी कानमा भने । राणाकालमा बनेको दुईतले एउटा भवन नजिकै ठाउँ–ठाउँमा चिराचिरा परेर कमजोर हालतमा उभिएको थियो । त्यसकै कापमा एउटा सानो गल्ली जस्तोमा चिया पाकिरहेको थियो शायद, बन्दीहरु त्यतैबाट तातो चियाका गिलास लिँदै निस्किरहेका थिए ।

  • नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

  • चुनाव सम्पन्न गराउनु ठूलो उपलब्धि : देउवा

    मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेषगरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया