MENU

समाज

Ncell Axiata
sagun

नारायणगढ–मुग्लिन सडकमा गाडी रोकिँदा काठमाडौंमा जाम

काठमाडौं, कात्तिक २९ – नारायणगढ–मुग्लिन सडकखण्डमा बढेको चापका कारण काठमाडौंमा जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ । सडक बिस्तार भैरहेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा लामो जाम हुने गरेको छ ।

त्यहाँ जाममा रहेका दुईसय भन्दा धेरै गाडी एकैपल्ट छुट्ने भएकाले काठमाडौं आइपुग्दा काठमाडौंमा पनि जाम बढेको ट्राफिक प्रहरीले जनाएको हो । जाम खुलेसँगै यो सडकखण्डमा गाडी चापमा गुड्ने गरेका छन् ।

यसले गर्दा धादिङको गल्छीदेखि नागढुंगासम्म सबैभन्दा बढि चाप हुने गरेको छ । गाडीको चाप र जामले गर्दा समय अड्कल गरेर काठमाडौं हिँडेका यात्रु हैरान हुने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया