MENU

राजनीति

Ncell Axiata
sagun

जाजरकोटमा नमुना मतदानबाट मतदाता शिक्षा

बालकुमार शर्मा/उज्यालो ।

जाजरकोट, कात्तिक २९ – आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन शिक्षा दिन जाजरकोटमा नमुना मतदान गरिएको छ । छेडागाड नगरपालिका–१ खाराबजार र शिवालय गाउँपालिका–१ छेडाबजारमा पहिलो चरणको नमुना मतदान भएको छ ।

नागरिकलाई सहज होस भन्नका लागि निर्वाचन शिक्षा अन्तर्गत पोस्टर, पम्पलेट, नमुना मत पत्र दिने र जानकारी गराउनेसँगै मतदाता शिक्षा दिन नमुना मतदन पनि गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्रिवेणीनलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिकामा पनि नमुना मतदान गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मंगलबार शिवालय गाउँपालिकामा प्रतिनिधिसभा र प्रदेशसभा चुनावका गरिएको नमुना मतदानमा जम्मा ८५ मत खसेको थियो । त्यसमा १२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया