MENU

राजनीति

Ncell Axiata
sagun

प्रधानमन्त्री देउवा धनगढीमा

कैलाली, कात्तिक २९ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार धनगढी पुग्नुभएको छ । सुदूरपश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग क्षेत्रको शान्ति, सुव्यवस्था र सुरक्षाका बारेमा छलफल गर्न देउवा धनगढी आउनुभएको हो ।

जिल्ला भ्रमणका अवसरमा प्रधानमन्त्री देउवाले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीसँग जानकारी लिनुकासाथै नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका नेता र कार्यकर्तासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै प्रधानमन्त्री देउवा बिहीबार गृहजिल्ला डँडेलधुरा जानुहुनेछ । त्यहाँ उहाँले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । मंसिर २ गते प्रधानमन्त्री देउवाले बझाङ र बाजुराका आमसभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया