MENU

राजनीति

Ncell Axiata
sagun

‘बोल्नेलाई होइन काम गर्नेलाई भोट’

श्यामशितल परियार/उज्यालो ।     

लमजुङ, कात्तिक २९ – पञ्चायतकालदेखि बहुदलसम्म आइपुग्दा धेरैचोटी मत हाली धेरै नेता जिताएको अनुभव छ, लमजुङ सुन्दरबजार नगरपालिका–९ फेदीकुनाका माधवप्रसाद ढुंगानासँग । 

उमेरले ६० वर्ष पार गर्नुभएका उहाँले भन्नुभयो ‘काम गर्नेभन्दा बोल्ने नेता धेरै भए, यसपाली बोल्नेलाई होइन काम गर्नेलाई भोट दिइन्छ ।’ 

लामो समयपछि भएको स्थानीय तहको चुनावमा पनि मतदान गर्नुभएका उहाँ आउँदो मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभामा मतदान गर्न पनि उत्साहित हुनुहुन्छ । 

विचार गरी निश्वार्थी र काम गर्ने उम्मेदवारलाई यसपाला भोट हाल्ने उहाँले बताउनुभयो । ‘देश, समाज र नागरिकप्रतिको माया आत्ममा भएका निश्वार्थी सामाजिक भावना भएका उम्मेदवारलाई भोट हालिन्छ,’ उहाँले भन्नुभयो । मनमा छलकपट नभएकालाई मत दिने हो भन्नुहुन्छ, फेदिकुनाकै ७० वर्षे पदमबहादुर भुजेल । 

‘विगतमा चुनावका बेला भोट माग्न नागरिकको घरदैला पुग्ने, जित आफ्नो पोल्टामा परेपछि नागरिकलाई बिर्सने राजनीतिक प्रवृतिबाट दिक्क लाग्छ, अब कुनै बहानामा नागरिकको भावनामा खेलवाड नहोस्, हाम्रो चाहना छ’, उहाँले भन्नुभयो, ‘आउँदो चुनावमा पार्टी होइन असल, सक्षम उम्मेदवारलाई भोट दिइन्छ ।’ 

लमजुङबाट प्रदेश तथा प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेतासँग यहाँका नागरिकको अपेक्षा छ, विकासका कामले गति लिउन्, छलकपट नहोस्, भ्रष्टाचार मौलाउन नपाओस्, सरकारी बजेटको सहि सदुपयोग होस् । 

ज्येष्ठ नागरिकको उपकार गर्नेलाई भोटे दिने पक्षमा रहेको फेदिकुना कटहरबोटेका ८८ वर्षे बमबहादुर विश्वकर्माले बताउनुभयो । ‘विचार गरेर हामी जस्ता ज्येष्ठ नागरिकको उपकार गर्नेलाई भोट दिन्छु’ उहाँले भन्नुभयो ।   

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया