MENU

खेल

Ncell Axiata
sagun

रियल मड्रिड छोड्न चाहन्छन् रोनाल्डो

कात्तिक २९ – फिफा वर्ष खेलाडी क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडसँग नयाँ सम्झौता गर्न अस्वीकार गरेको बेलायती पत्रिका द सनले उल्लेख गरेको छ । रोनाल्डोले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई आफूले यो सिजनको अन्त्यसँगै क्लब छोड्न चाहेको बताएको स्पेनिस सञ्चार माध्यमलाई उद्धृत गर्दै द सनले जनाएको हो । तर सार्वजनिक रुपमा भने रोनाल्डोले आफू रियल मड्रिडमा खुशी रहेको बताउने गरेका छन् । तर स्पेनिस टेलिभिजन एल चिरिन्गुइतोमा काम गर्ने पत्रकार एडु अग्युइरीले भने रोनाल्डो क्लबको अहिलेको अवस्था र नयाँ सम्झौताबाट रुष्ट रहेको दाबी गरेका छन् । उनले क्लबका अध्यक्ष पेरेजलाई भेटेर आफूलाई रिजोनेवल प्राइसमा क्लब छोड्ने वातावरण बनाइन दिन आग्रह पनि गरेको दाबी गरिएको छ । आफूलाई क्लबले दिनु पर्ने जति महत्व नदिएको रोनाल्डोले महसुस गरेको र त्यही कारण उनी आउँदो जुनको अन्त्यमा रियल मड्रिड छोड्ने मनसायमा रहेको दाबी गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

  • चेल्सीको प्रभावशाली जित, पुग्यो अन्तिम १६ मा

    मंसिर ७ – इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’ मा रहेको चेल्सी समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा पुगेको हो ।

  • मेस्सी बेन्चमा, बार्सिलोनाले गोल गर्न सकेन

    मंसिर ७ – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो ।

  • अन्तिम मिनेट बन्यो घातक, म्यानचेस्टर युनाइटेड पराजित

    मंसिर ७ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया