MENU

समाज

Ncell Axiata
sagun

घुस लिएकाे अाराेपमा ​वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

काठमाडौं, कात्तिक २९ – घुस लिएकाे अाराेपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् । विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई पक्राउ गरेको एक दिन पनि नबित्दै पाण्डेलाई पक्राउ गरिएको हो । 

पौडेल र केसीलाई बानेश्वरमा रहेकाे इन्द्रेणी फुडल्याण्डबाट १० लाख रुपैयाँ घुस लिँदै गर्दा मंगलबार रंगेहात पक्राउ गरिएको थियो । उनीहरुकै बयानका आधारमा महानिर्देशक पाण्डेलाई बुधबार चावहिल मित्रपार्कबाट पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयाे । 

रोक्का कारबाही फुकुवा गर्न उनीहरुले एक म्यानपावर कम्पनीबाट पैसा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । विदेश गएका युवाहरुले भनेकाे काम र कमाई नपाएकाे भन्दै फर्किएपछि काठमाडौंमा रहेको एक म्यानपावर कम्पनीको कामकाज तथा बैंक खाता विभागले राेक्का गरेकाे थियाे ।

त्यसपछि म्यानपावरले सर्वोच्च अदालतमा मुद्धा दायर गरेपछि अदालतले फैसला सुनाउँदै रोक्का फुकुवा गर्न अादेश दिएकाे थियाे । तर पक्राउ परेका विभागका कर्मचारीले अदालतको फैसला कार्यान्वयन नगरेर प्रतिबन्ध फुकुवा गर्न घुस मागेकाे अख्तियारले जनाएको छ । 

 

यो पनि पढ्नुहोस् 

घुस लिएको १० लाखसहित वैदेशिक रोजगार विभागका दुई कर्मचारी पक्राउ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया