MENU

राजनीति

जिसस महोत्तरीमा राजपा नेपाल र संघीय समाजवादी फोरम विजयी

गौशाला, कात्तिक ३० – जिल्ला समन्वय समिति महोत्तरीको चुनावमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको गठबन्धन विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार बुधबार सम्पन्न जिल्ला समन्वय समिति महोत्तरीको चुनावमा जिसस महोत्तरीको प्रमुख पदमा राजपा नेपालका सुरेशप्रसाद सिंह १६ मत ल्याएर विजयी हुनुभएको छ । 

त्यस्तै उपप्रमुख पदमा गठबन्धनका संघीय समाजवादी फोरम नेपालका सुरेश यादव १८ मत ल्याएर विजयी हुनुभएको छ । महिला सदस्यहरूमा राजपा नेपालका पुनम देवी साह १७, ललिताकुमारी महासेठ १६ र रीता देवी १६ मत ल्याएर विजयी हुनुभएका छन् ।

त्यस्तै अन्य सदस्यहरूमा राजपा नेपालकै सरयुग यादव २०, कामेश्वर साह १७ र सुदिपकुमार झा १७ मत ल्याएर विजयी हुनुभएको छ । 

चुनावमा प्रमुख पदमा नेपाली कांग्रेसका कालिकान्त झाले चार र नेकपा माओवादी केन्द्रका सूर्यनारायण साहले आठ मत पाएका थिए । रासस

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया