MENU

राजनीति

Ncell Axiata

जिसस सर्लाहीमा राजपा–संघीय फोरम गठबन्धन विजयी

सर्लाही, मसिर २ – जिल्ला समन्वय समिति सर्लाहीमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धन विजयी भएको छ । शनिबार भएको चुनावमा २१ मत प्राप्त गरेर समितिको प्रमुखमा राजपा–फोरमका संयुक्त उम्मेदवार मेथुर चौधरी विजयी हुनु भएको हो ।

उहाँका प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार नन्दलाल महतोले १९ मत प्राप्त गर्नुभयो । समितिको उप–प्रमुखमा माओवादी केन्द्रका जानुका पराजुली विजयी हुनु भएको छ । उहाँले ३५ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका हरेराम बस्नेतले ३ मत मात्रै प्राप्त गर्नुभयो ।

९ सदस्यीय कार्यसमितिको दलित सदस्यमा माओवादी केन्द्रका विद्यानन्द पण्डित, महिला सदस्यमा माओवादीकै आशाकुमारी खत्री, खुल्ला सदस्यमा राजपा नेपालका रामदुलार राय, बिनय कुमार राय, बल केशिया देवी, रामकुमारी देवी र कांग्रेसका विन्देश्वर राय विजयी हुनु भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया