MENU

राजनीति

Ncell Axiata

बाँकेमा नदोहोरिएको जित

गोविन्द शर्मा/उज्यालो । 

बाँके, मंसिर ३ – २०६४ सालको पहिलो संविधानसभा चुनावमा बाँकेमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गर्दै मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्ष सर्वदेबप्रसाद ओझा विजयी हुनुभयो । 

उहाँले १४ हजार ९ सय मत पाउनुभयो । तर २०७० सालको चुनाव त्यस्तो रहेन  ६ वर्ष पहिले तेश्रो भएका सुशील कोइरालाले बाँके क्षेत्र नम्बर २ मा चुनाव जित्नुभयो । अघिल्लो चुनाव जितेका ओझाले मात्र ७७ मत पाउनुभयो । टिकट नपाएपछि ओझाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । 

बाँकेमा अहिलेसम्म कुनै पनि उम्मेदवारले दोहोर्‌याएर चुनाव जितेका छैनन् ।  २०४८ सालको चुनावमा बाँकेका तीनवटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । तर तीन वर्षपछि भएको चुनावमा कांग्रेसले आफ्नो जित जोगाउन सकेन । २०५१ सालको चुनावमा तिनवटै क्षेत्रमा राप्रपा विजयी भयो । 

२०७० सालको चुनावमा एक क्षेत्रमा कांग्रेस विजयी भएपनि अरु क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भए ।  

यस पटकको चुनावमा बाँकेमा प्रतिनिधिसभाका लागि ३ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । क्षेत्र नम्बर १ मा १० जना उम्मेदवार भएपनि माओवादी केन्द्रका सचिवालय सदस्य महेश्वरजंग गहतराज र कांग्रेसका माधवराम खत्रीबिच मुख्य प्रतिस्पर्धा रहेको छ । क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका अनुसार बाँकेमा दुई लाख ७६ हजार ७ सय १८ जना मतदाता छन् । 

सबैभन्दा बढी क्षेत्र नम्बर १ मा ९८ हजार ३ सय २० जना मतदाता छन् । स्थानीय तहको चुनावमा प्राप्त मतको आधारमा बाम गठबन्धन अगाडी रहेको छ । क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका र राप्ती–सोनारी तथा नरैनापुर गाउँपालिका पर्दछन । 

क्षेत्र नम्बर १ मा कांग्रेस, राप्रपा र लोकतान्त्रिक फोरमले प्राप्त गरेको मत २६ हजार १४४ रहेको छ । एमाले र माओवादीले प्राप्त गरेको मत जोड्दा ५ हजार बढि अर्थात ३१ हजार २ सय ३५ रहेको छ । 

नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समावेश रहेको क्षेत्र नम्बर २ मा ८२ हजार ९४९ मतदाता रहेका छन् । यस क्षेत्रमा १७ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै क्षेत्र नम्बर ३ का ३ जना उम्मेदवार पहिले राप्रपामा क्रियाशिल रहनुभएको थियो । ८ जनाको उम्मेदवारी परेको क्षेत्र नं ३ मा ९५ हजार ४ सय ४९ मतदाता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया