MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

​वरिष्ठ साहित्यकार कविताराम श्रेष्ठको निधन

काठमाडौं, मंसिर ३ – वरिष्ठ साहित्यकार डाक्टर कविताराम श्रेष्ठको निधन भएको छ । अस्वीकृत लेखनका अभियन्ता डाक्टर श्रेष्ठ केही समयदेखि क्यान्सरले पीडित हुनुहुन्थ्यो । उहाँको बेलायतको लण्डनस्थित सेन्ट पिटर हस्पिटलमा उपचारका क्रममा निधन भएको उहाँका आफन्तले जनाएका छन् । विक्रम संवत २००४ सालमा ओखलढुंगाको रामबजारमा जन्मनुभएका श्रेष्ठको औपचारिक नाम भने रामबहादुर श्रेष्ठ हो ।

श्रेष्ठ २०५२ सालमा नेपाल टेलिभिजनको अध्यक्ष, राष्ट्रिय विकास परिषदका सदस्य तथा २०५४ सालमा तत्कालीन गृहमन्त्रीको सल्लाहकारसमेत बन्नुभएको थियो । विभिन्न चलचित्रको समेत निर्देशन गरेका श्रेष्ठको दर्जनौं कृतिहरु प्रकाशित छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया