MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

गर्भावस्थाको अन्तिम तीन महिना कोल्टे फर्केर सुते मृत शिशु जन्मिने सम्भावना कम

मंसिर ४ – गर्भावस्थाको अन्तिम तीन महिना गर्भवती महिला कोल्टे फर्केर सुतेमा मृत शिशु जन्मिने सम्भावना कम हुने एक अध्ययनले देखाएको छ । एक हजार भन्दा बढी महिलामा गरिएको अध्ययनबाट गर्भावस्थाको अन्तिम तीन महिना गर्भवती महिला खोप्टी परेर वा माथि फर्केर भन्दा कोल्टे परेर सुतेमा मृत शिशु जन्मिने सम्भावना कम हुने देखिएको हो । मृत शिशु जन्माएका दुई सय ९१ तथा स्वस्थ शिशु जन्माएका सात सय ३५ महिलामा गरिएको अध्ययनबाट यस्तो देखिएको हो ।

सुत्ने बेलामा कसरी सुतिएको छ भन्ने कुराले महत्व राख्ने तर सुत्दा कोल्टे परेर सुतेको तर उठ्ने बेलामा माथि फर्किएको भए डराउनु नपर्ने अनुसन्धानकर्ताले बताएका छन् । विश्वमा अहिले पनि मृत शिशु जन्मिने क्रम रहेको छ । सुत्ने तरिका मिलाउन सके यसलाई घटाउन सकिने देखिएको हो ।

न्युजिल्याण्ड र अस्ट्रेलियामा गरिएको अनुसन्धानको प्रतिवेदन ब्रिटिस जर्नल अफ ओब्सेट्रिक्स एण्ड गाइनकोलोजीमा प्रकाशित भएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया