MENU

विचार/अनुभूति

कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

कमला दाहाल 

घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

फोहोर व्यवस्थापन पनि हुन सकेको छैन । नयाँ बानेश्वर चोकमा बाटो पार गर्न कुर्नुपर्ने बाध्यता छ । त्यहाँ आकाशे पुुल बनाईदिए हुन्थ्यो । साँघुरा सडकहरुलाई फराकिलो बनाउन सके अझै राम्रो हुनेथियो । अनि हाम्रो टोलमा यो भुस्याहा कुकुरहरुको नियन्त्रण पनि हुन सकेको छैन् । राम्रो काम गर्छौं भनेर बोल्न त सबैले बोल्ने हो । तर बोले अनुसार काम पुर्‍याईदिए पो सबै खुशी हुनेथियौं ।    

अञ्जली कार्की

जन्मेको सोलुखुम्बुमा हो । बसाई सरेर उदयपुर गाईघाटमा गएको । तर काठमाडौंमा तरकारी बेचेर गुजारा चलाइएको छ । अहिले मंसिरमा पनि नेताहरुको चुनाव छ रे  । हामीलाई यस्तै नगरी खान पाईंदैन । नेताहरुको कामदेखि के चित्त बुझ्नु, बुझेको छैन नि । के मा सन्तुष्टि छ र ? केहीमा नि छैन ।

कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग गर्दै हिँड्छन् । कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन् नि । दुनियाँ गरीबलाई मारेकै छन्, रुवाएकै छन् । जितेपछि गरीबलाई लोप्पा खुवाएकै छन् । गरीबलाई पनि हेर्ने भए पो । जागिरमा पनि नेताहरुले आफ्नै मान्छे घुसाकै हुन्छन् । 

बुद्धिमान तामाङ्ग 

घर चाहिँ सर्लाही लालबन्दी भन्दा अलि माथि पर्छ । काठमाडौंमा ज्यामी काम गर्न कात्तिकमा आएको हुँ । हामीले त यस्तै गरेर गुजारा गरेका छौं । अहिले चुनावमा नेताहरुले भोट माग्दै त हिँडेका छन् ।

काम चाहिँ कुनैले गर्छन्, कुनैले गर्दैनन् । धेरैजसोले त भन्छन् मात्रै, काम गर्दैनन् । हाम्रो लागि चाहिँ पानी र बिजुली बत्तीको समस्या छ । त्यो अहिलेसम्म कसैले सुनेको छैन । हाम्रो ठूलो माग पनि केही छैन त्यति भए पुग्थ्यो । तर धेरै नेताले त भन्छन्, मात्रै के भन्नु खै ? 

शम्भु दुलाल 

घर भक्तपुर सूर्यविनायक नगरपालिका हो । हाम्रो त्यहाँ दलित वस्ती छ, २०/२२ घर । हाम्रो लागि त्यहाँ बाटो छैन, गोरेटो बाटो नै हो । नेताहरुले काम पनि गरेका छैनन् । त्यति आउँदा नि आउँदैनन्, बजेट पनि दिँदैनन् ।

अहिलेको पाली बनाइदिन्छु भन्ने त निस्केको छ एउटा । तर चुनाव आएर होला, विश्वास त लागेको छैन ।  कसैले केही गर्दैनन् के । भूकम्पकै पैसा त अहिलेसम्म पाएको हैन, के आश गर्नु यस्ता नेताहरुबाट । भोट दिएर त केही पाईंदो रैनछ, उनीहरुकै मात्रै बनाउने हुन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया