MENU

यो पनि समाचार

Ncell Axiata
NIC Asia

भैँसीले २ टाउको र ८ खुट्टा भएको पाडी पायो

शैलेन्द्र महतो/उज्यालो । 

जनकपुरधाम, मंसिर ५ - भैँसीले एउटा टाउको र चार वटा खुट्टा भएको पाडापाडी जन्माएको सबैलाई थाहै होला । तर धनुषामा भैँसीले दुई वटा टाउको र आठ वटा खुट्टा भएको पाडी जन्माएको छ । धनुषाको नगराईन नगरपालिका-१ फुलगामा खड्का टोलका सिंहेश्वर यादवको भैँसीले मंगलबार बिहान ८ बजे यस्तो पाडी जन्माएको हो ।   

पाडीको दुई वटा टाउको र आठ वटा खुट्टा भए पनि जिउ एउटै छ । भैँसीले २ वटा जोडिएको टाउको र आठ वटा खुट्टा भएको पाडी जन्माएपछि हेर्नेको घुँईचो लागेको स्थानीय आशाराम यादवले जानकारी दिनुभयो । पाडी जन्मेको आधा घण्टापछि मरेको छ । मरे पनि अन्य छिमेकी गाउँबाट हेर्न मान्छेहरु आइरहेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • हप्तौँसम्म मृत मालिकको छेउमा कुरुवा कुकुर

    पुस २२ – हंगेरीमा एउटा कुकुरले निधन भएकी मालिकको छेउमा बसेर हप्तौँ बिताएको छ । बुडापेस्टमा रहेको फ्ल्याटमा जाजा नाम गरेको ९ वर्षको कुकुर निधन भएकी आफ्नी मालिक्नीको छेउमा बसेको अवस्थामा बुधबार भेटिएको हो ।

  • छोराले आमासँगको सम्झौता कमाउने भएपछि बिर्से : अब १० लाख डलर तिर्नु पर्ने

    पुस १९ – ताइवानको उच्च अदालतले एक व्यक्तिलाई आफ्नी आमालाई १० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ । आफूलाई हुर्काएको तथा दन्त चिकित्सक बनाउनका लागि गरेको खर्च बापतको रकम आमालाई बुझाउन अदालतले आदेश दिएको हो ।

  • ठगलाई १३,२७५ वर्ष जेल सजाय

    पुस १५ – थाइल्याण्डमा एकजनालाई जालसाजी तथा ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइएको छ । थाइ अदालले जालसाजीको आरोपमा ३४ वर्षका पुदित किट्टिहराडिल्कोलाई उच्च आर्थिक लाभ दिने भन्दै स्किम चलाएर ठगेको आरोपमा १३ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाएको हो ।

  • १०७ वर्षकी हजुरआमाको ‘ह्याण्डसम’ राहुल गान्धीसँगको प्रेमकथा

    पुस ११ – एकतिर १०७ वर्षकी हजुरआमा, जसले समयको लामो बाटो तय गरेकी छन् । अर्कोतर छन्, ४७ वर्षका कांग्रेसका युवा अध्यक्ष राहुल गान्धी । दुईबिचको उमेरको फरक ६० वर्ष ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया