MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

एनसेलको ‘डिजिटल ज्याम’

काठमाडौं, मंसिर ८ – एनसेलले आफ्ना सबै कर्मचारीमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले बिहीबार ‘डिजिटल ज्याम’ कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र काम गर्ने नयाँ तरिकाका बारेमा परिक्षण गरे । साथै कसरी ग्राहकको आवश्यकताअनुसार नविन सेवा तथा आकर्षक ग्राहक संलग्नताका प्रयासलाई थप तदारुकताकासाथ संचालन गर्ने भन्ने विषयमा विभिन्न गतिविधिमा सहभागी भई डिजिटल टुल्सहरुको प्रयोग गर्दै मोबाइल एप, च्याटबट र वेबसाइट लगायतका विभिन्न सोलुसन्स्हरु बनाएका थिए ।

डिजिटल प्रतिभाको रुपान्तरणलाई अझतदारुकताका साथ अघि बढाउने आजिआटा गु्रपको पहलअन्तर्गत एनसेलले डिजिटल ज्यामकार्यक्रमको आयोजना गरेको हो । आजिआटा गु्रपकोदक्षिण-पूर्वी एसियार दक्षिण एसियाकामुलुकहरुमा रहेका ६ वटा कम्पनीहरु एनसेल (नेपाल), रोबी (बङ्गलादेश), डायलग (श्रीलंका), सेलकम (मलेसिया), स्मार्ट (क्याम्बोडिया) र एक्सएल (इण्डोनेसिया) मा एकै साथ संचालनगरिएको यो कार्यक्रम एसियाकै सबैभन्दाठूलोे कर्मचारी लक्षित अनलाइन एक्टिभेसन कार्यक्रम भएको एनसेलले जनाएको छ । यसमा आजिआटा गु्रपअन्तर्गतका १२ हजार कर्मचारीको सहभागिता रहेको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया